News Category 2077/05/09
कोशीको बाटो हुँदै डुङ्गाबाट लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर बरामद
दैनिक समाचारदाता
राजविराज, ९ भदौं ।
डुङ्गामा लोड गरि अवैध तरिकाबाट भारततर्फ लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर कोशी किनारबाट मंगलबार बिहान सशस्त्र प्रहरी सप्तरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल हेडक्वाटर ६ नं. गण सप्तरीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ११ स्थित गोबरगाढाबाट अवैध रुपमा भारततर्फ लगिदै गरेको १ सय ७५ बोरा हरियो मटरसहित ६ वटा डुङ्गा पनि नियन्त्रणमा लिएको हो ।
.gif)
प्रत्येक बोरामा २० किलोका दरले रहेको उक्त हरियो मटरको बजार मुल्य तीन लाख ५० हजार रहेको सशस्त्र प्रहरी बल हेडक्वाटर ६ नं. गणका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन । नेपाल भन्दा भारतमा मटरको बिक्रि मुल्य बढी रहेकोले तस्करहरुले ३ वटा सानो र ३ वटा ठूलो डुङ्गामा लोड गरि बिहान ४ बजेतिर भारततर्फ लैजाने क्रममा शसस्त्र प्रहरीले गस्ति टोलीले नियन्त्रण लिएको उनले बताए । यता तस्करहरु अध्यारोको फाइदा उठाएर फरार भएको उनको भनाई छ ।
.gif)
सशस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले कोशी नदीको बाटो हुँदै यसअघि पनि डुङ्गाबाट विभिन्न सामानहरु भारततर्फ तस्करी हुने गरेको सूचना पाएपछि कोशी नदी वरिपरि निगरानी बढाएको बताए ।

यसअघि सशस्त्र प्रहरीले बुधबार ३० लाख मुल्य पर्ने ६ सय कार्टुन मदिरा ट्रकमा लोड गरि भारततर्फ लगिदै गरेको अवस्थामा सप्तरीको राजगढ गाउँपालिकाको बनैनियाको झौरहा चैक नजिकैबाट नियन्त्रणमा लिएको थियो ।
यता नियन्त्रणमा लिइएको मटर र डुङ्गालाई तिलाठी कोइलाडी गाउँपालिकास्थित बेल्ही भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ