News Category 2077/05/09
कोशीको बाटो हुँदै डुङ्गाबाट लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर बरामद

दैनिक समाचारदाता
राजविराज, ९ भदौं ।
डुङ्गामा लोड गरि अवैध तरिकाबाट भारततर्फ लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर कोशी किनारबाट मंगलबार बिहान सशस्त्र प्रहरी सप्तरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल हेडक्वाटर ६ नं. गण सप्तरीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ११ स्थित गोबरगाढाबाट अवैध रुपमा भारततर्फ लगिदै गरेको १ सय ७५ बोरा हरियो मटरसहित ६ वटा डुङ्गा पनि नियन्त्रणमा लिएको हो ।
प्रत्येक बोरामा २० किलोका दरले रहेको उक्त हरियो मटरको बजार मुल्य तीन लाख ५० हजार रहेको सशस्त्र प्रहरी बल हेडक्वाटर ६ नं. गणका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन । नेपाल भन्दा भारतमा मटरको बिक्रि मुल्य बढी रहेकोले तस्करहरुले ३ वटा सानो र ३ वटा ठूलो डुङ्गामा लोड गरि बिहान ४ बजेतिर भारततर्फ लैजाने क्रममा शसस्त्र प्रहरीले गस्ति टोलीले नियन्त्रण लिएको उनले बताए । यता तस्करहरु अध्यारोको फाइदा उठाएर फरार भएको उनको भनाई छ ।
सशस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले कोशी नदीको बाटो हुँदै यसअघि पनि डुङ्गाबाट विभिन्न सामानहरु भारततर्फ तस्करी हुने गरेको सूचना पाएपछि कोशी नदी वरिपरि निगरानी बढाएको बताए ।
यसअघि सशस्त्र प्रहरीले बुधबार ३० लाख मुल्य पर्ने ६ सय कार्टुन मदिरा ट्रकमा लोड गरि भारततर्फ लगिदै गरेको अवस्थामा सप्तरीको राजगढ गाउँपालिकाको बनैनियाको झौरहा चैक नजिकैबाट नियन्त्रणमा लिएको थियो ।
यता नियन्त्रणमा लिइएको मटर र डुङ्गालाई तिलाठी कोइलाडी गाउँपालिकास्थित बेल्ही भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ