News Category 2077/05/09
धानबालीमा गवारो रोग लागेपछि सप्तरीका किसान चिन्तित

दैनिक समाचारदाता
राजविराज, ९ भदौं ।
सप्तरीमा अहिले धान खेतीमा गवारो रोगको प्रकोप देखिनथालेपछि यहाँका किसानहरु चिन्तित भएका छन् । एक महिनाअघि आएको बाढीले धान खेतीमा ठूलै क्षति पु¥याएपछि अहिले सो रोगका कारण किसानहरु मारमा परेका छन् ।
सप्तरीमा सर्वाधिक धान खेती हुने गरेको छ । तर, गवारो रोगको प्रकोप फैलिएपछि किसानहरु थप चिन्तित बनेका छन् ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका, विष्णुपुर गाउँपालिका, बालन बिहुल गाउँपालिका, खडक गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिकालगायतका क्षेत्रमा रहेका धानखेतीमा अहिले गवारो रोगको प्रकोप बढी देखिएको छ ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले धानबालीमा गवारो रोगको प्रकोपले ६० देखी ७० प्रतिशत क्षति पु¥याएको बताए । प्रकोप नियन्त्रणका लागि तथा किसानहरुलाई राहत प्रदान गर्न गाउँपालिकाको साधानश्रोतले भ्याएसम्म पहल गरिरहेको बताएका उनले रोग नियन्त्रणका लागि प्रदेश र संघीय सरकारलाई पनि सहयोगका लागि आग्रह गरेको बताए ।
बाढी र कोरोनाको कहरबाट उन्मूक्ति नपाउँदै धान खेतीमा देखिएको गवारो रोगको प्रकोपले आफुहरु थप मारमा परेको कृषक श्यामकुमार मण्डलको भनाई छ । यस्तै गुनासो अन्य कृषकहरुले पनि गरेका छन् । उनीहरुले गवारो रोग रोकथाम र नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन स्थानिय, प्रदेश र संघीय सरकारसँग आग्रह समेत गरेका छन् । धानबालीमा किराको प्रकोपले खेतमै धान सुक्न थालेको पीडित किसानहरुको भनाई छ ।
खेतमा असन्तुलन, गुणस्तरीय रसायनिक मलको अभाव तथा प्रतिकुल वातावरणका कारण धानबालीमा किराको प्रकोप बढेको कृषि विज्ञहरुको भनाई छ । कृषि ज्ञान केन्द्र राजविराजका कृषि विज्ञ राजेन्द्र प्रसाद यादवले पुतली जातको गवारो धानको ढाड नै काट्ने गर्दा सुक्ने गरेको पाइएको बताए । उनले खेतमा प्रयोग गरिने रसायनिक मल, डिपिए, युरिया, पोटास लगायतको मात्रा नमिल्दा पनि बालीको जरो कमजोर भई किराको आक्रमण बढेको बताउँदै यसको रोकथाम र नियन्त्रणका लागि प्रहरी क्षेत्रमा प्राविधिक खटाइने काम भइसकेको जानकारी दिए । जिल्लामा यस पटक ६२ हजार ८ सय हेक्टर जग्गामा धान खेती भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ