News Category 2077/05/14
कोरोना संक्रमण पुष्टि भएको दुई घण्टा नबित्दै एक महिलाको मृत्यु, सप्तरीमा संक्रमणबाट मृत्यु हुने संख्या ६ पुग्यो

दैनिक समाचारदाता
राजविराज, १४ भदौं ।
सप्तरीमा कोरोना संक्रमणबाट शनिबार राती एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै ती महिलाको मृत्यु भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
राजविराज नगरपालिका २ निवासी ६० वर्षिया महिला स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा शुक्रबार साँझ भर्ना भएकी थिइन् । उनलाई थप उपचारका लागि शनिबार साँझ बिराटनगर लैजादै गर्दा बाटोमै मृत्यु भएको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिए ।
ज्वरो तथा स्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार साँझ उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरि उपचार सुरु गरिएको थियो । कोरोनाको लक्षणसमेत देखिएपछि उनको पिसिआर परिक्षण गर्दा शनिबार राती ८ बजे तिर प्राप्त रिपोर्टले उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
डा. झाका अनुसार कोरोनाबाट मृत्यु हुने ती जिल्लाकै पहिलो महिला हुन् । यसअघि कोरोनाबाट मृत्यु भएका पाँचै जना पुरुष थिए ।
यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार कोरोना संक्रमणबाट मृत्यु भएकी ती महिलाको आइतबार बिहान सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर सप्तकोशी किनारमा शव व्यवस्थापन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ