News Category 2077/05/15
राजविराज, हनुमाननगर र तिलाठी कोइलाडीमा पुनः एक साता निषेधाज्ञा

दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले निषेधाज्ञाको समय पुनः एक साता थप गरेको छ । यसअघि जारी गरिएको निषेधाज्ञा समय सोमबार राति १२ बजे सकिएपछि आजदेखी पुनः निषेधाज्ञा जारि भएको हो । यो निषेधाज्ञा भदौं २२ गते राती १२ बजेसम्म कायम रहने छ ।
जिल्ला प्रशासन कार्यालयमा कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको सोमवार बसेको बैठकमा तीन घण्टा लामो छलफल पश्चात निषेधाज्ञाको म्याद थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।
बैठकले राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेको ठहर गर्दै निषेधाज्ञा अवधिमा तिन वटै स्थानीय तहमा रहेका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।
पछिल्ला दिनमा कोरोनाको संक्रमण बढ्दै गएपछि स्थानिय प्रशासनले निषेधाज्ञामा केही परिमार्जन गरेको छ । राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी नगरपालिकामा बिहान १० जबेसम्म अत्यावश्यक सामाग्रिको पसल खोल्ने निर्णय गरेको छ ।
बाँकी १५ वटा स्थानिय तहमा सरकार, मन्त्रिपरिषद्को निर्णयद्वारा हाल संचालनमा रोकिए बाहेकका पसल, सेवा र व्यवसाय संचालन गर्दा तोकिएको बमोजिमका स्वास्थ्य सतर्कता सम्बन्धी प्रोटोकलको पालना गर्नुपर्ने जनाइएको छ । यस्तै सामाजिक दुरीलाई ध्यानमा राखेर भिडभाड नगरी अत्यावश्यक सामग्री र सेवाका सबै पसल, प्रतिष्ठान र कार्यालय खोल्न छुट दिइने निर्णय भएको छ भने साप्ताहिक हाट, बजार संचालनमा रोक लगाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ