News Category 2077/05/17
मलको कालोबजारी गर्ने दुई व्यवसायी पक्राउ

दैनिक समाचारदाता
राजविराज, १६ भदौं ।
कृषि मलको कालोबजारी गर्ने दुई व्यवसायी पक्राउ परेका छन् । अहिले किसानहरुले खेतमा हाल्न मल पाउन नसकेको अवस्थामा कृतिम अभाव सृजना गरि कालोबजारी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सप्तकोशी नगरपालिका १ फत्तेपुर स्थित राधेकृष्ण खाद्यान्न पसलका संचालक राधेकृष्ण गुप्ता तथा आरती कृषि सहकारी संस्था लि. मलखाद विक्रि डिपोका संचालक फुजुङ्ग साह छन् ।
मलको कालोबजारी र दोब्बर मुल्य लिएको किसानको गुनासो आएपछि प्रहरी चौकी फत्तेपुरका असई गंगाराम चौधरीको नेतृत्वमा मंगलबार दिउँसो पुगेको प्रहरी टोलीले उक्त दुबैको पसल र गोदाममा छापा मारि संचालक गुप्ता र साहलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको पसल र गोदामबाट २८ बोरा युरिया र ६ बोरा डिपिए मल समेत प्रहरीले बरामद गरि नियन्त्रणमा लिएको छ । १७ रुँपैया प्रति केजी पर्ने मल ४० रुँपैयामा बिक्रि गरेको प्रमाण भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिनुका साथै गोदाम सील गरि थप अनुसन्धान भइरहेको असई चौधरीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ