News Category 2077/05/22
भारतीय यूवाहरुको आक्रमणबाट नेपाली किसानको मृत्यु

दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
भारतीय यूवाहरुको कुटाईबाट गम्भिर घाइते भएका एक नेपाली किसानको उपचारका क्रममा सोमबार मृत्यु भएको छ ।
सप्तरीको डाक्नेश्वरी नगपालिका ६ कटैया निवासी ५५ वर्षिय रामदेव यादवको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
गत भदौं ६ गते ५÷६ जनाको समूहमा रहेका भारतीय युवाहरुले नेपालतर्फको धान खेतमा गाइबस्तु ल्याएर चराउन थालेको विषयमा उनलाई कुटपिट गरेको थिए । भारतीय पशुचौपायाले आफ्नो खेतमा लगाएको धानबाली नष्ट गर्न थालेपछि यादव र उनका २७ वर्षिय छोरा ललनले ती युवाहरुलाई गाली गरेपछि उनीहरुले बाबु छोरालाई बाँसको लाठी तथा घरेलु हतियारले आक्रमण गरेका थिए ।
सो आक्रमणबाट गम्भिर अवस्थामा रामदेवलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा सोमबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कुटपिटमा संलग्न भारत बिहार राज्यको लौकही जिल्ला करिऔत ग्रामपञ्चायत निवासी ३६ वर्षिय प्रदीप यादवलाई घटनाकै दिन पक्राउ गरि इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ । यता अन्य फरार रहेकाहरुको भारतीय सुरक्षा अधिकारीको समन्वयमा खोजि कार्य जारि रहेको इलाका प्रहरी कार्यालय पातोका इन्चार्ज नवीनकुमार झाले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ