News Category 2077/05/28
यूवाहरुलाई प्रदेशमै रोजगारीकालागि विना ब्याज ऋण उपलब्ध गराउने ः कृषि मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, २८ भदौ ।
प्रदेश नम्वर २ का भूमी व्यवस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले स्थानिय बेरोजगार यूवाहरुलाई प्रदेशमै रोजगारीकालागि चाडै नै विना ब्याज ऋण उपलब्ध गराउने बताएका छन् ।
सप्तरीको रुपनी गाउँपालिका वडा नं. ४ स्थित भथौलको सामुदायिक भवनमा आइतवार आयोजित कृषी सम्बन्धी अन्तरक्रिया तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
सम्बोधन गर्दै मन्त्री साहले मुलुकभर प्रदेश २ बाट झण्डै १० लाख युवा विदेशिएको चर्चा गर्दै कृषीमा आधारित यूवा प्रवद्र्धन रोजगार कार्यक्रम अन्तर्गत विदेशबाट फर्केर आउने तथा स्थानीय बेरोजगार यूवाहरुलाई उत्पादनमूलक एवम् व्यवसायमुखी कार्यहरु गर्नकालागि प्रदेश सरकारले बिना व्याज ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएको बताए ।
मुख्यमन्त्री किसान उत्थान कार्यक्रम अन्तर्गत १ कठदेखि १० कठसम्म खेती गर्ने किसानको नाममा खाता सञ्चालन गरी दश हजार रुपैयाँ खातामै पठाईने मन्त्री साहले जानकारी दिदै किसानहरुलाई मलखाद तथा बीउबिजन खरिद गर्न वर्षमा एक पटक उक्त रकम पठाईने बताए ।
कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय नेताहरु गजेन्द्र कुमार मण्डल, दिनेश कुमार यादव, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, उपाध्यक्ष बेचनी सरदार, पार्टीका यूवा नेता उमेश कुमार यादव, वडा अध्यक्ष छेदी ईशर, पूर्व वडा अध्यक्ष मिश्रीलाल यादव, कृषक अगुवा भिखो माझी, रामेश्वर विश्वास लगायतले वडा तथा गाउँपालिकाको विविध समस्याहरुबारे मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा वडाका किसानहरुको समस्यासहित विविध पक्षहरुबारे प्रेस नेपाल प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादवले किसानहरुको समस्या तथा वडाको विविध समस्याहरुबारे मन्त्री साहको ध्यानाकर्षण गराए । पार्टीका वडा कमिटी अध्यक्ष तेजनारायण यादवको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन प्राध्यापक धनेश्वर यादवले गरे ।
यसैबीच मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका रुपनी गाउँपालिका वडा नम्वर ४ का स्व. खुशीलाल यादव र नागेश्वर यादवका परिवारलाई सम्मान गरिएको छ । सोही कार्यक्रममा गाउँपालिका अध्यक्ष हरेराम यादवले कृषी क्षेत्रमा उल्लेखनीय कार्यहरु गरेको भन्दै मन्त्री साहलाई समेत दोसल्ला ओढाएर सम्मान गरे ।
सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब दुई दर्जन स्थानीय नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री साहले टिका लगाएर स्वागत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ