News Category 2077/05/29
डायलायसिस गराउने ६ तथा एक चिकित्सक र एक स्वास्थ्यकर्मी पनि संक्रमित, सप्तरीमा संक्रमितको संख्या १ हजार ३४
दैनिक समाचारदाता
राजविराज, २९ भदौं ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालजमा नियमित डायलायसिस गराउँदै आएका ६ जना तथा एक चिकित्सक र एक स्वास्थ्यकर्मी पनि सोमबार कोरोना संक्रमित भएका छन् ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाका अनुसार संक्रमित हुनेहरुमा अस्पतालको इमरजेन्सी विभागमा कार्यरत एक डाक्टर तथा सर्जरी विभागमा काम गर्ने एक स्वास्थ्यकर्मी समेत रहेका छन् ।
यस्तै एक प्रहरी र करदाता सेवा केन्द्रका एक कर्मचारीमा पनि संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
संक्रमित हुने अन्यमा तिलाठी कोइलाडी गाउँपालिकाका ३, राजविराज नगरपालिका, सुरुङ्गा नगरपालिकाका २÷२ तथा खडक नगरपालिका, महदेवा गाउँपालिका र विष्णुपुर गाउँपालिकाका १÷१ जना गरि कुल १६ जनामा संक्रमण पुष्टि भएको छ ।
यता संक्रमित डाक्टर र स्वास्थ्यकर्मीलाई होम आइसोलेशन तथा अन्य बाँकी संक्रमतिलाई साईकृष्णा मेडिकल कलेजस्थित आइसोलेशन सेन्टरमा राखी उपचार गरिने गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. झाले जानकारी दिएका छन् ।
सप्तरीमा यो समेत संक्रमितको कुल संख्या १ हजार ३४ पुगेको छ । ती मध्ये ८ जनाको मृत्यु भएको छ भने ७ सय ३६ जना निको भई डिस्चार्ज भएर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ