News Category 2077/06/02
ग्लोबल बैंकले स्वास्थ्य उपचारमा छुटका लागि अस्पतालसँग ग¥यो सम्झौता

ग्लोबल बैंकले स्वास्थ्य उपचारमा छुटका
लागि अस्पतालसँग ग¥यो सम्झौता
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
ग्लोबल आइएमई बैंक शाखा राजविराजले आफ्ना ग्राहक, कर्मचारी तथा शेयरहोल्डरलाई स्वास्थ्य उपचारमा छुट दिने भएको छ ।
सो छुट सम्बन्धी ग्लोबल आइएमई बैंक शाखा राजविराज र छिन्नमस्ता एजुकेशनल ऐकेडेमी एण्ड कलेज प्रालिबीच सम्झौता भएको छ ।
बैंकका प्रबन्धक मनिष महासेठका अनुसार सम्पूर्ण खाताधारी, ग्राहक, एटिएम, डेबिड कार्ड, प्रिसिलेशन कार्ड प्रयोगकर्ता, क्युआर कोर्ड पेमेन्ट, शेयर होल्डर तथा उक्त बैंकका कर्मचारीहरुले स्वास्थ्य परिक्षण र उपचारमा विशेष छुट सुबिधा प्राप्त गर्ने छन् ।
उनले उक्त अस्पतालमा ग्लोबल आइएमई बैंकसँग आबद्धता रहेको कुनै प्रमाण पेश गरेपछि स्वास्थ्य परिक्षण, उपचार, ल्याब टेस्ट, यूसिजि, बेड शुल्क, आइसियु, सिटि स्क्यान, प्रसुती लगायतका स्वास्थ्य सेवामा १० प्रतिशत छुट पाउने सम्झौता भएको जानकारी दिए ।
त्यस्तै औषधीमा भने २ प्रतिशत मात्र छुट सुबिधा पाउने सम्झौता पत्रमा उल्लेख गरिएको छ । हाल २०७७ असोज १ गतेदेखी २ वर्षसम्मका लागि सो सुबिधा पाउने गरि भएको सम्झौतामा बैंकका तर्फबाट प्रबन्धक महासेठ तथा अस्पतालका तर्फबाट संचालक शैलेन्द्र मोहन झाले हस्ताक्षर गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ