News Category 2077/06/02
संगिता बलात्कार तथा आत्महत्या प्रकरणमा दुई मुख्य आरोपी पक्राउ

दैनिक समाचारदाता
राजविराज, २ असोज ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ मा एक १७ वर्षिया किशोरीमाथी भएको बलात्कारको घटनामा संलग्न रहेको आरोपमा प्रहरी दुई जनालाई पक्राउ गरेको छ ।
यसअघि प्रहरीले पंचायतिमा रकमको प्रलोभन देखाई बलात्कार जस्तो घटना दबाउने खालको निर्णयमा सहभागि स्थानिय सत्यनारायण मण्डल, बासुदेव मण्डल र जयकान्त मण्डललगायत तीन जना पंचलाई पक्राउ गरिसकेको छ ।
बलात्कारमा संलग्न रहेको आरोपमा सोही ठाउँ निवासी १८ वर्षिय बब्लु भन्ने सुमन कुमार मण्डल र २० वर्षिय रंजित भन्ने सरोज कुमार मण्डल पक्राउ परेका हुन् ।
उनीहरुलाई भारतीय सीमासँग जोडिएको छिमेकी गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता फरार रहेका चार जना मध्ये दुई जना सहयोगी अझै फरार रहेका छन् ।
गत भदौं २९ गते धान खेतमा पानीको अवस्था हेर्न गएकी १७ वर्षिया संगिता मण्डलमाथी गाउँकै चार जनाले सामूहिक बलात्कार गरेको पीडित बालिकाकी आमा रधियादेबी मण्डलले बताएपछि गाउँमा भदौं ३० गते पंचायति बसेको थियो ।
पंचायतिमा गाउँका केही अगुवाहरुले ५५ हजार रुँपैया नगद लिएर घटना मिलापत्र गर्न दबाब दिएपछि त्यही पीडाबाट बिक्षिप्त बनेकी संगिता त्यसको भोलिपल्ट घरमै झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
यता संगिताको शवको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार पोष्टमार्टम सकिएपनि रिपोर्ट भने अझै प्राप्त भइनसकेको डिएसपी भारतीले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ