News Category 2077/06/04
बाढीले भत्काएको तटबन्ध मर्मत नहुँदा स्थानियमा त्रास
दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
झण्डै दुई महिना अघि बलान नदीमा आएको बाढीले भत्काएको तटबन्ध अझ मर्मत हुन नसक्दा सप्तरीको बलान बिहुल गाउँपालिकाका २ सय ५० परिवार त्रासमा बस्न बाध्य छन् ।
बाढीले भत्काएको तटबन्ध मर्मतमा ढिलाई हुँदा सो गाउँपालिका वडा १, २ र ४ का २ सय ५० परिवार त्रासमा बस्न बाध्य भएका हुन ।
सप्तरी र सिरहा जिल्लाको सीमाना मानिने बलान नदीमा गत साउन ८ गते आएको बाढीले करिब ८ सय मिटर पूर्व तटबन्ध भत्काएको थियो ।
दुई महिनासम्म पनि सरोकारवाला निकायले तटबन्ध मर्मतका लागि ध्यान नदिएको भन्दै स्थानियले भावी क्षति रोक्न अविलम्ब भत्केको तटबन्ध मर्मत गर्न माँग गरेका छन् ।
उनीहरुले समयमै तटबन्ध बचाउने आवश्यक प्रयास नहुँदा भत्केको जिकिर गर्दै नेताहरुलाई गुहार्दा पनि आश्वासन मात्र पाइएको गुनासो गरेका छन् ।
यता बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले बलान नदीको बाढीले वर्षेणी ठूलो जनधनको क्षति गर्ने गरे पनि आवश्यक बजेटको अभावमा बलियो तटबन्ध निर्माण गर्न नसकिएको बताए ।
उनले गाउँपालिकासँग भएको सीमित साधनश्रोतले तटबन्ध तथा नदी आसपासका जोखीमपूर्ण स्थानमा माटो भर्ने, जालीमा बोरा बिच्छ्याउनेलगायतका काम गरि कटान रोक्ने प्रयास गरिए पनि स्थायी समाधान गर्न नसकेको लाचारी ब्यक्त गरे । बर्षेणी बलान नदीमा आउने बाढी र त्यसले गर्ने ब्यापक कटान रोक्न प्रदेश र संघीय सरकारसँग पटक पटक आग्रह गरे पनि आश्वासन बाहेक केही नपाएको गुनासो पनि उनले पोखे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/05 कावा नगरप्रमुखले आर्थिक अनियमितता गरेको भन्दै राजनीतिक दलद्वारा छानबिनको माग
- 2082/03/05 विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
- 2082/03/04 सर्वदलिय बैठकबाट विभिन्न विकासीय योजनाहरु तत्कालै सम्पन्न गराउन निर्णय
- 2082/03/04 नगरपालिका कर्मचारीको आन्दोलन जारि
- 2082/03/04 ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
- 2082/03/04 थ्री फेज कृषि विद्युतिकरणको शुभारम्भ
- 2082/03/04 लापरवाही गर्ने ठेकेदारलाई कारवाही तथा निर्माण कार्यलाई गति प्रदान गर्न माग
- 2082/03/03 राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
- 2082/03/03 बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
- 2082/03/03 अधुरा रहेका राजविराजस्थित दुई सडक योजना दश दिनभित्रै संचालन हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ