News Category 2077/06/05
दुई वर्षदेखी हराएका बालकको भारतबाट उद्धार

दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
दुई वर्षदेखी हराएका एक बालकको सप्तरीको मानवअधिकार क्षेत्रमा काम गरिरहेको एक संस्थाले भारतबाट उद्दार गरि परिवारको जिम्मा लगाएको छ ।
सप्तरीस्थित सेतु समुदायिक विकास तथा मानवअधिकार मञ्च नामक संस्थाको सक्रियतामा रौतहट जिल्लाको यमुनामाई गाउँपालिका १ जेठरिया निवासी सलामुल नेशाकी १० वर्षिय छोरा रैयाजसँग पुनः मिलन गराएको हो ।
भारतको दिल्लीबाट फर्केकी बिहार राज्यको सुपौल जिल्ला डगमारा ग्राम पंचायत निवासी आभाराम र सुपौल जिल्लाकै बाल कल्याण एवं संरक्षण समितिको सहयोगमा सो संस्थाले भारतबाट उद्दार गरि परिवारको जिम्मा लगाएको छ ।
आठ वर्षको उमेर हुँदा रैयाज गाउँबाटै हराएका थिए । अहिले उनी १० वर्षका पुगिसकेका छन् । उनलाई गाउँकै सद्दाम हुसैन भन्ने व्यक्तिले ललाई फकाई भारतको दिल्ली पु¥याएको बालकका आफन्तको भनाई छ । बालकका आफन्तले सद्दाममाथी मानव बेचबिखन तथा ओसारपोसार र मानिस वेपत्ता अन्तरगत कारवाही चलाउन माँग गर्दै रौतहट जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् ।
प्रहरीले सद्दामलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको जनाएको छ । रैयाजले गाउँकै ३० वर्षिय सद्दाम हुसैनले ललाई फकाई आफूलाई भारतको दिल्ली पु¥याएको बताए छन् । पहिलेदेखी चिनजान रहेका सद्दाम अंकलले दिल्ली घुम्न जाउँ, त्यहाँ पैसा पनि पाइन्छ भन्दै प्रलोभन देखाएपछि आफू घरमा कसैलाई जानकारी नै नगराई उनीसँग हिडेको बालक रैयाजले सुनाए ।
त्यहा बस्दा धेरै काम गर्नुपर्ने, कुटाई खानु पर्ने हुनथालेपछि भागेर दिल्ली रेलवे स्टेशन पुगेको बेला डगमारा ग्राम पंचायतिकी आभाराम भन्ने आंटीसँग भेट भएको र उनले सोधपुछ गरेपछि सबै बृतान्त सुनाएको बालक रैयाज बताउँछन् ।
आफू नेपालमा घर भएको तथा ठेगाना भने बिर्सेको बताएपछि राम आंटीले सीमा क्षेत्रमा ल्याई भारतकै सुपौलस्थित बाल कल्याण संरक्षण समितिमा राखिदिएको उनको भनाई छ । उक्त बाल कल्याण संरक्षण समितिका पदाधिकारी सुधिरकुमार मण्डल र बब्लुकुमार पासवानले बालकको फोटोसहितको विवरण मानव तथा बाल अधिकार क्षेत्रमा कार्यरत सेतु समुदायिक विकास तथा मानव अधिकार मञ्च सप्तरीलाई पठाई ठेगाना पत्ता लगाइदिन सहयोगका लागि अनुरोध गरेपछि संस्थाका अध्यक्ष जंगबहादुर सिंह, महिला तथा बालबालिका प्रमुख आभासेतु सिंह भारत गई बालकलाई भेटेका थिए ।
जिल्ला प्रहरी कार्यालयमा संस्थाका अध्यक्ष सिंह महिला विभागकी प्रमुख आभासेतु सिंह, यमुनामाई गाउँपालिका १ का वडाअध्यक्ष नन्दलाल राय यादव, कोक्याप काठमाडौंका प्रतिनिधि राजहंश कुमार लगायतको उपस्थितिमा बालकलाई आमाको जिम्मा लगाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ