News Category 2077/06/05
आईसोलेशनमा उपचारार्थ एक महिलासहित दुईको मृत्यु

दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
कोरोना संक्रमणवाट सोमबार सप्तरीमा थप दुई जनाको मृत्यु भएको छ । मृतक दुबै जिल्लाको विष्णुपुर गाउँपालिकाका हुन । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
बिष्णुपुर गाउपालिका वडा नं. १ निवासी ४९ बर्षिय जागेश्वर यादबको सोमवार बिहान मृत्यु भएको हो । उनलाई श्वास फेर्न समस्या भएपछि चार दिन अघि परिवारजनले धरान लगेका थिए । उनको धरानस्थित विपि कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान आईसोलेशनमा उपचारका क्रममा मृत्यु भएको हो ।
स्वाव परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि आईसोलेशनमा राखी उपचार सुरू गरिएकोमा सोमवार बिहान ५ बजे उनको मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी राजबिराजस्थित साईकृष्णा मेडिकल कलेजको आईसोलेशन सेन्टरमा उपचार गराईरहेकी सोही गाउपालिका ३ कि ६० बर्षिय बुचीदेबी रामको पनि मृत्यु भएको छ ।
दुई दिनदेखि गजेन्द्र नारायण सिह अस्पतालको आकस्मिक कक्षमा उपचार गराईरहेकी उनमा उच्च ज्वरो, खोकी, र स्वास्वप्रश्वासमा समस्या भएपछि आईतवार बिहान स्वाव परिक्षण समेत गरिएको थियो ।
रिपोर्ट पोजेटिभ भएपछि आईतवारै साईकृष्णा मेडिकल कलेजको आईसोलेशन सेन्टरमा भर्ना गरिएकोमा राती ८ बजे उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालयका प्रमुख दुनियालाल यादबले जानकारी दिएका छन ।
दुबैको शव सरकारले तोकेको सुरक्षा तथा स्वास्थ मापदण्ड अपनाएर राजविराजस्थित नेपाली सेनाको भिमदल गणका टोलीले ब्यबस्थापन गर्ने तयारी गरेको जनाइएको छ ।
यस्तै जिल्लामा सोमवार सम्ममा कुल संक्रमितको संख्या १ हजार दुई सय ४ पुगेको जिल्ला स्वास्थ कार्यालय सप्तरीले जनाएको छ । ८ सय २ जना निको भएका छन् भने हाल ३ सय ९३ जना जिल्लामा संक्रमित रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ