News Category 2077/06/09
काँग्रेस सभापति र सचिवद्वारा एक अर्का माथि आरोप प्रत्यारोप
दैनिक समाचारदाता
राजविराज, ८ असोज
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादब र सचिव रामकुमार यादबले पार्टी कार्यकर्ता समायोजन बिषयलाई लिएर एक अर्कालाई आरोप प्रत्यारोप गर्न थालेपछि बिवाद उत्कर्षमा पुगेको छ ।
अघिल्लो् दिन बुधवारदेखि सभापति यादबले जिल्लाको क्षेत्र १ वाट समायोजनको काम सुरू गरेपछि सचिव यादबले बिरोध गर्दै बिहिवार बिज्ञप्ति नै जारी गरेपछि बिवाद बाहिर आएको हो ।
उनले सभापति यादबले संगठनको नीति निर्देशन बिपरित काम गरेको भन्दै त्यस्तो बैठकमा सहभागी नहुन बिज्ञप्ति मार्फत पार्टी कार्यकर्तालाई अनुरोध गर्दै पार्टीमा देखिएको बिकृति, बिसंगति बिरूद्व आवाज उठाउन आवहान पनि गरेका छन ।
समायोजन प्रक्रिया सम्पन्न गर्न केन्द्रिय निर्वाचन समितिले वालकृष्ण ढुगांनालाई प्रतिनिधिको रूपमा जिल्लामा पठाएको र उनकै रोहवरमा समायोजन प्रक्रिया तोकिएकै समय श्रावण १० गते भित्र सम्पन्न गरी केन्द्रिय निर्वाचन समितिमा पठाई सकिएको अबस्थामा पुन सभापति यादबले एकलोटी ढंगले सुरू गरेको समायोजन प्रक्रिया नौटंकी मात्र भएको सचिव यादबद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
केन्द्रले पठाएको अधिकारिक प्रतिनिधिको उपस्थितिमा समायोजन प्रक्रिया सम्पन्न गर्ने बेला पटक पटक सभापति यादवलाई बोलाउदाँ नआएपछि आफु, कोषाध्यक्ष, जिल्ला सदस्य, क्षेत्रिय, महासमिति र महाअधिबेशन प्रतिनिधिहरूको उपस्थितिमा अन्तरिम पुर्नसंरचना निर्देशिका अनुसार समायोजन प्रक्रिया सम्पन्न गरि केन्द्रीय प्रतिनिधि माफर्तपठाई सकिएको सचिव यादबको भनाई छ ।
यता सभापति यादबले सबै सँग सल्लाह गरेर समायोजन प्रक्रिया सुरू गरेको दाबी गरेका छन । हामीले अन्तरिम पुर्नसंरचना निर्देशिकाको पुर्ण पालना गर्दै समायोजन सुरू गरेका हौ, उनले भने, अधिकारीक केन्द्रीय प्रतिनिधि ननुलाल यादबको उपस्थितिमा समायोजन प्रक्रिया अघि बढेको छ, यो नै अधिकारिक हो ।
उनले केन्द्रीय निर्वाचन समितिले जिल्ला प्रतिनिधिको रूपमा ननुलाल यादवलाई पठाएको दाबी गर्दै उनको उपस्थितिमा गरिने समायोजन प्रक्रियाले नै मान्यता पाउने दाबी गरे । सचिव यादबले त ढुगांनालाई केन्द्रले प्रतिनिधि तोकेको दाबी गरेका छन नि ? भन्ने प्रश्नको जवाफमा उनले त्यो कुरा गलत भएको बताए ।
उनले भने, एकछिनका लागि ढुगांनालाई नै प्रतिनिधि मान्ने हो भने मलाई नै जानकारी नदिई मनपरी ढंगले निर्णय र सिफारिस गर्न मिल्छ र ? यसवारे सभापति यादबले बताएका केन्द्रीय प्रतिनिधि ननुलाल यादबसँग जिज्ञासा राख्दाँ उनले समायोजन प्रक्रिया सकाउन केन्द्रले प्रतिनिधिको रूपमा आफूलाई खटाएको र आप्mनो उपस्थितिमा भईरहेको समायोजन प्रक्रिया नै अधिकारिक भएको प्रतिक्रिया दिए ।
सभापति यादब केन्द्रीय सभापति देउवा निकटका हुन भने सचिव यादब बरिष्ठ नेता पौडेल निकटका मानिन्छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ