News Category 2077/06/12
बलात्कार प्रयासका फरार ७३ वर्षिय बृद्धसहित तीन पक्राउ

दैनिक समाचारदाता
राजविराज, १२ असोज ।
बलात्कार प्रयास मुद्दाका फरार तीन अभियुक्तहरु चार वर्षपछि पक्राउ परेका छन् । उनीहरुलाई सोमबार प्रहरीले अदालतमा बुझाएको छ ।
पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ३२ वर्षिय पवन पण्डित, ५८ वर्षिय खुशीलाल यादव र ७३ वर्षिय बिन्देश्वर शर्मा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बि.स. २०७३ भदौं २७ गते सप्तरी जिल्ला अदालतले उनीहरुमाथी आश्यकरणी मुद्दा अन्तरगत जनही १० दिनको कैद र ५ सय रुँपैया जरिवाना तोकेको थियो । आरोपितहरुले २०७३ बैशाख १८ गते खेतबाट घर फर्किने क्रममा घेरा हाली एक २१ वर्षिया युवतीको बलात्कार प्रयास गरेको पीडित पक्षको उजुरीको आधारमा आरोपितहरुमाथी आश्यकरणी मुद्दा चलाइएको थियो ।
सो मुद्दा उपरको सुनुवाईमा न्यायाधिश बिनोद कुमार गौतमको एकल इजलाशले १० दिन कैद र ५ सय रुँपैया जरिवाना तोके लगत्तै आरोपितहरु फरार भएको डिएसपी तिलक भारतीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ