News Category 2077/06/12
पचास वर्षिया दायमनको रहस्यमय हत्या
दैनिक समाचारदाता
राजविराज, १२ असोज ।
सप्तरीको तिरहुत गाउँपालिका वडा नं. २ मैनाकडेरीमा एक ५० वर्षिया महिलाको रहस्यमय हत्या भएको छ ।
स्थानीय शिवनारायण यादवकी पत्नी दायमन देवीको रहस्यमय हत्या भएको हो । गत बिहीबार बिराटनगरबाट घर आएकी दायमानको मृत शरीर शनिबार बिहान शौचालय नजिक आंगनमा फेला परेको हो ।
घाँटीमा प्लाष्टिकको दुई वटा डोरी बाँधेको, कान र नाकबाट रगत आएको तथा शरीरमा निलडाम समेत भेटिएका कारण प्रारम्भिक अवस्था हेर्दा हत्या नै भएको हुन सक्ने प्रहरीको भनाई छ ।
गाउँस्थित घरमा दायमन र उनकी सासु ७६ वर्षिया जोहरीदेवी यादव बस्ने गरेका थिए । पति शिवनारायण बिराटनगरस्थित एक विद्यालयमा शिक्षक हुन् भने उनको दुई छोरा काठमाडौंमा बस्दै आएका छन् ।
बिहीबार शिवनारायणले आमालाई बिराटनगर बोलाएपछि उनी घरमा एक्लै थिइन् । यसअघि पतिले बोलाएपछि एकसाता अघि सासुलाई घरमा छाडी दायमन बिराटनगर पुगेकी थिइन् र सोही दिन उनी फर्किएकी थिइन् ।
यता पति शिवनारायणले हालखबर बुझ्न शुक्रबार बेलुका फोन गरेपनि श्रीमतीले फोन नउठाएपछि छिमेकीलाई खबर बुझ्न शनिबार घर पठाएका थिए । शनिबार बिहानै छिमेकीहरु घर पुग्दा शौचालय नजिकै आंगनमा दायमन मृत भेटिएकी थिइन् ।
घटना सम्बन्धमा वडा अध्यक्ष जयप्रकाश यादवले दायमनको घरमा रहेका सबै गरगहना, नगद तथा अन्य सरसामान सुरक्षित रहेकाले हत्या कसले र किन गरेको भन्ने कुरा रहस्यमय रहेको बताएका छन् ।
प्रहरी उपरिक्षक राजेन्द्र धमलाले शवलाई पोष्टमार्टमका आइतबार धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिएका छन् ।
घटना बारे सुक्ष्म अनुसन्धान गर्न सोमबार जनकपुरस्थित प्रदेश प्रहरी कार्यालयबाट एउटा टोली समेत आइपुगेको र जिल्ला प्रहरी कार्यालय समेतको संलग्नतामा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ