News Category 2077/06/14
एथलेटिक्सका पूर्व प्रशिक्षक साहको निधन
दैनिक समाचारदाता
राजविराज, १३ असोज ।
राजविराज ४ निवासी एथलेटिक्सका पूर्व प्रशिक्षक रमेश प्रसाद साहको सोमबार उपचारका क्रममा निधन भएको छ ।
साहलाई उपचारका लागि बिराटनगर हुँदै काठमाडौंको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा सोमबार साँझ उनको मृत्यु भएको हो ।
६० वर्षिय साहको ब्रेन एट्याकका कारण मृत्यु भएको सो अस्पतालले जनाएको छ । २०५२ साल असोज १ गतेदेखी प्रशिक्षक पदमा जागिरे जिवन सुरु गरेका उनी २०७५ कात्र्तिक २ गते सेवा निवृत भएका थिए । उनी एथलेटिक्स संघ सप्तरीका पूर्वसचिव समेत हुन् ।
यसैबीच मंगलबार जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी, पूर्व अन्तराष्ट्रिय खेलाडी श्रीलाल देव, प्रशिक्षक प्रशिक्षण विभागका प्रमुख राजकुमार परियारसहित खेलाडी प्रशिक्षक, समाजसेवी लगायतले खेलकुद विकास समितिको झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
एथलेटिक्स संघ सप्तरीका अध्यक्ष देवकान्त चौधरी, प्रशिक्षक प्रकाश मल्ल, रमेश श्रेष्ठ, उमेश प्रधान, संजय जोशी, सिताराम चौधरी, उमेश गुरुङ तथा खेलाडीहरुका साथै ठूलो संख्यामा उपस्थिति सर्वसाधारणले स्व. साहलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
शव सप्तकोशी किनारमा पु¥याएपछि स्व. साहका जेठा छोरा विकासले पार्थिव शरीरमा दागबत्ति दिएका थिए । उनका पत्नि, दुई छोरा र एक छोरी छन् ।
यता साहको निधनप्रति जिल्ला खेलकुद विकास समिति र खेलकुद पत्रकार मञ्चले दुःख व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामना तथा शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ