News Category 2077/06/14
एथलेटिक्सका पूर्व प्रशिक्षक साहको निधन
दैनिक समाचारदाता
राजविराज, १३ असोज ।
राजविराज ४ निवासी एथलेटिक्सका पूर्व प्रशिक्षक रमेश प्रसाद साहको सोमबार उपचारका क्रममा निधन भएको छ ।
साहलाई उपचारका लागि बिराटनगर हुँदै काठमाडौंको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा सोमबार साँझ उनको मृत्यु भएको हो ।
६० वर्षिय साहको ब्रेन एट्याकका कारण मृत्यु भएको सो अस्पतालले जनाएको छ । २०५२ साल असोज १ गतेदेखी प्रशिक्षक पदमा जागिरे जिवन सुरु गरेका उनी २०७५ कात्र्तिक २ गते सेवा निवृत भएका थिए । उनी एथलेटिक्स संघ सप्तरीका पूर्वसचिव समेत हुन् ।
यसैबीच मंगलबार जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी, पूर्व अन्तराष्ट्रिय खेलाडी श्रीलाल देव, प्रशिक्षक प्रशिक्षण विभागका प्रमुख राजकुमार परियारसहित खेलाडी प्रशिक्षक, समाजसेवी लगायतले खेलकुद विकास समितिको झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
एथलेटिक्स संघ सप्तरीका अध्यक्ष देवकान्त चौधरी, प्रशिक्षक प्रकाश मल्ल, रमेश श्रेष्ठ, उमेश प्रधान, संजय जोशी, सिताराम चौधरी, उमेश गुरुङ तथा खेलाडीहरुका साथै ठूलो संख्यामा उपस्थिति सर्वसाधारणले स्व. साहलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
शव सप्तकोशी किनारमा पु¥याएपछि स्व. साहका जेठा छोरा विकासले पार्थिव शरीरमा दागबत्ति दिएका थिए । उनका पत्नि, दुई छोरा र एक छोरी छन् ।
यता साहको निधनप्रति जिल्ला खेलकुद विकास समिति र खेलकुद पत्रकार मञ्चले दुःख व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामना तथा शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ