News Category 2077/06/14
करोडौं रकम खर्च गरिएको सडकमा वर्षाको पानी जम्दा पोखरीमा परिणत
दैनिक समाचारदाता
राजविराज, १३ असोज ।
राजविराज नगरपालिका वडा नं. ८ मा वर्षाको पानीको निकास नहुँदा वर्षौदेखी स्थानियहरुले सास्ती व्यहोर्नु परेको छ ।
सो वडास्थित हिमालय टोलका बासिन्दाहरु सडकमै वर्षाको पानी जम्दा पनि आवतजावत गर्न बाध्य छन् । मंगलबार केही बेर वर्षा भएपछि पानी जमेर सडक पोखरीमै परिणत भएको दृश्य देखिएको छ । यो दृश्य मंगलबारको मात्र नभएर जहिले वर्षा हुन्छ, यस्तो दृश्य हेर्न सकिन्छ । यता सामान्य वर्षामा पनि दुई तिन फिटसम्म बाटोमै पानी जम्ने र त्यो सुक्न एक साता बढी समय लाग्ने गरेको छ ।
पानीको निकास नभएपछि वर्षाको पानी सडकहुँदै घर घरमा पस्ने र चर्को घाम लागेपछि मात्र सुक्ने गरेको छ । हावाहुरीको समयमा धुलो उड्ने र वर्षामा पानी सडकमै जम्ने गरेको यो सडक विगत ४० वर्षदेखी ४ सय मिटर लम्बाई बाटो कायम रहेको छ । यस सडक खण्डमा हालसम्म वडा कार्यालयले कुनै ठोस काम समेत गर्न नसकेको स्थानियको आरोप छ ।
स्थानिय जनप्रतिनिधि आएको तीन वर्ष बितिसक्दा समेत यस सडकखण्डको स्तरोन्तरीको कुनै ठोस काम हुनसकेको छैन् । स्थानियहरु बाटोका लागि जग्गा नछोडी घर बनाउँदै गर्दा बाटो साँघुरो समेत हुँदै गएको छ । साघँुरो बाटो भएपछि अहिले सो सडकबाट कुनै ठूलो सवारीसाधन चल्न सकिरहेको छैन् । घर निर्माणदेखी विभिन्न ठूला यातायातका साधनहरु यस सडक खण्डबाट आवतजावत गर्न नसक्दा ढुवानी खर्च समेत बढ्ने गरेको छ ।
विगतमा जनप्रतिनिधि नहुँदा नगरपालिकाकै कर्मचारी वडा सचिव भएर काम गर्दा यस सडक खण्डमा ठोस काम हुन सकेन् । मात्र ग्राभेल र माटोको काम देखाउँदै बजेट कुम्ल्याएको देखिन्छ । यस सडक खण्डमा विगत चार दशकदेखी करोडौ रकम निकासा भइसकेको नगरपालिकाको विभिन्न आर्थिक वर्षको बिल भरपाईबाट पुष्टि हुनजान्छ ।
यता जिर्ण रहेको यस सडक खण्ड नवनिर्माणका लागि गत आ.ब.को सघन सहरी विकास डिभिजन कार्यालयले ठेन्डर गरिसकेको वडा अध्यक्ष जयनारायण मण्डलको दाबी छ ।
उनले पानी जम्ने समस्याको समाधानका लागि आफूले पहल गरेको बताउँदै ठोस समाधानका लागि नयाँ सडक र नाला निर्माण नै विकल्प रहेको उल्लेख गरे । जबसम्म बाटो र नाला बन्दैन तबसम्म कुनै पनि अस्थायी पहल काम नलाग्ने उनको भनाई छ ।
बाटो निर्माणका लागि गत वर्ष वडा कार्यालयले ६ मिटरको सडक फराकिलो बनाउन सूचना टाँस गरेपनि हालसम्म कुनै कार्य भौतिक रुपमा अगाडी बढ्न सकेको छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ