News Category 2077/06/17
सार्वजनिक शौचालय तथा दिसाजन्य लेदो ब्यबस्थपान ट्रेन्चको उद्घाटन
दैनिक समाचारदाता
राजविराज, १६ असोज ।
खुला दिसा मुक्त घोषणा भईसकेपछि दिसाजन्य लेदोको व्यवस्थापन चुनौतिको रुपमा बढदै गईरहेको बेला एसएनभि नेपालले सप्तरीमा पहिलो पटक कल्याणपुर बजारमा दिशा जन्य लेदो ब्यबस्थापनका लागी ट्रेन्च संचालनमा आएको छ ।
शुक्रवार एक कार्यक्रम बिच खडक नगरपालिका वडा नं. ७ कल्याणपुरमा नगर प्रमुख हेमायु हक तथा उपप्रमुख यासमिन सुल्तानले सार्वजनिक शौचालय तथा दिसा जन्य लेदा व्यवस्थापनका लागि बनाइएको ट्रेन्च उदघाटन गरेपछि संचालनमा आएको हो ।
एस एन भि नेपालको आर्थिक सहयोगमा महुली सामुदायिक विकास केन्द्रद्वारा खडक नगरपालिकासंगको समन्वयमा ७ लाखको लागतमा बनेको उक्त चर्पी भित्र महिला तथा पुरुषका लागि छुटाछुटै शौचाललको निर्माण तथा युरीनलको व्यवस्था समेत गरिएको सबल नेपालका कार्यक्रम संयोजक प्रमेश्वर झाले बताए ।
उक्त अवसरमा शौचालय निर्माण गरेको संस्था महुली सामुदायीक विकास केन्द्रका अध्यक्ष प्रभुनारायण चौधरीले प्रतिवेदन प्रस्तुत तथा सार्वजनिक शौचालयको महत्व तथा उद्देश्यबारे एसएनभि नेपालका कृष्ण जिसिले गरेका थिए ।
सार्वजनिक शौचालय निर्माण गर्नु ठुलो कार्य नभई यसलाई नियमितरुपमा संचालन गर्नु ठुलो रहेकोले आगामि दिनमा विभिन्न संघ संस्थाहरुसंग समन्वय गरि नियमितरुपमा संचालन गर्ने वडा अध्यक्ष राकेश साहले प्रतिबधता जनाए ।
यसैगरी खडग नगरपालिका वडा न.. ६ स्थित एसएनभि नेपालको सहयोगमा एवं खडक नगरपालीकाको समन्वयमा सबल नेपालद्धारा ३ लाख ५० हजारको लागतमा दिसाजन्य लेदो व्यवस्थापनको लागि ट्रेन्च निर्माण गरीएको छ ।
यस प्रविधि अन्र्तगत आउने दिनमा निजी तथा सार्वजनिक शौचालय भरीए पछि दिसाजन्य लेदोलाई शौचालयदेखि ट्रेन्चमा सुरक्षित बिर्सजन गरीने सबल नेपालका प्रमेश्वर झाले बताए ।
हाल विभिन्न दिसा ढुवानि गर्ने संस्थाले घरबाट गाडिमा दिसा संकलन गरी यत्रतत्र फयाँक्ने गरेको पाईन्छ जसले गर्दा बातावरण प्रदुषित हुने, विभिन्न प्रकारका दिसाजन्य रोगहरु लगि महामारी समेत हुन सक्ने खतरा रहेकोले यस्ता प्रविधिको प्रयोग गर्नाले खतराहरुबाट मुक्त हुन सकिने उनको भनाई छ ।
वडा नं ७ का वडा अध्यक्ष राकेश कुमार साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत महिनारायण चौधरी, एसएनभि नेपालको वास एडभाईजर कृष्ण जिसि, स्वास्थय समन्वय प्रमुख जयकान्त पण्डित, कार्यपालीका सदसय अरहुलीया देवी मण्डल, महुली समुदाय विकास केन्द्रका अध्यक्ष प्रभुनारायण चौधरी, सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झा लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ