News Category 2077/06/17
संशोधनका लागि आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई उपेन्द्र यादवको निर्देशन
दैनिक समाचारदाता
राजविराज, १६ असोज ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयता कार्यान्वयका लागि अहिलेको संबिधानमा संशोधन आवश्यक रहेकोले संशोधनका लागि आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
पार्टीको अगुवा कार्यकर्ता भेलालाई शुक्रबार सप्तरीको बोदे बर्साइनमा सम्बोधन गर्दै उनले जनताको त्याग र संघर्षबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणन्त्र खतरामा पर्न लागेकोले तत्काल संबिधानमा भएका त्रुटीहरुलाई संशोधन गरी प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।
काँग्रेस र कम्युनिष्ट शक्ति असफल भईसकेकाले मुलुकमा अब नयाँ वैकल्पिक शक्तिको आवश्यकता रहेकोले आफूहरु लागिपरेको समेत बताएका छन् ।
उनले मुुलुकका पुराना शक्तिहरु काँग्रेस र कम्युनिष्ट असफल भईसकेकाले मधेशमा भएका शक्तिहरुलाई एकिकृत गरी पहाडका उत्पीडित शक्तिहरुलाई समेत सेमेटेर सिंहदरबारमा बर्चस्व कायम गर्न नयाँ बैकल्पीक शक्ति निर्माणको अभियान जुटेको बताए ।
उनले भने, हामीले राजपासँग एकता ग¥यौं र अब अन्य शक्तिहरुलाई समेत समेटिन खोज्दै छौं त्यसैले साना तिना कुराहरुमा बिवाद नगरी पार्टीलाई एकढिका बनाएर लैजानु सबै नेता कार्यकर्ताहरुको दायित्व हो ।
पार्टी संगठनका कार्यकर्ताहरुमा देखिएको असन्तुष्टीहरुलाई बिस्तारै सम्बोधन गर्दै जाने उल्लेख गर्दै अध्यक्ष यादवले पार्टी एकता भएर समायोजनको प्रक्रियामा रहेकाले सबै नेता कार्यकर्ताहरुको सम्माजनक समायोजन हुने बताए ।
संघीय व्यवस्थालाई संस्थागत गर्दै जनताको जीवनमा परिवर्तन ल्याउनु र फस्टाउँदै गएको भ्रष्टाचार अन्त्य गर्नु अहिलेको आवश्यकता भएपनि संघीय सरकार यी सबै अभिभारा पुरा गर्न असफल भएको आरोप लगाउदै अध्यक्ष यादवले काँग्रेस समेत सरकारको लाचार छायाँ भएको टिप्पणी समेत गरे ।
भेलामा पार्टीका नेता तथा प्रदेश २ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, राष्ट्रियसभा सदस्य शेखर सिंह, प्रदेशसभा सदस्यहरु मनिष कुमार सुमन, बिन्देश्वर यादव (बिक्की), नेत्रबिक्रम साह तथा अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ