News Category 2077/06/17
बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या, ९९ वर्षिया बचियादेवी सिढी चढ्दा चढ्दै लडिन
दैनिक समाचारदाता
राजविराज, १६ असोज ।
सरकारले जेष्ठ नागरिकहरुलाई दिँदै आएको बृद्ध भत्ता लिन अहिले जेष्ठ नागरिकलाई बैंकसम्म पुग्न धौं धौं पर्ने गरेको छ । शारीरिक रुपमा असक्त भएकाहरुलाई सो भत्ता लिन बैंकसम्म पुग्न अत्यन्त कठिनाई हुने गरेको छ ।
अधिकांश बैंक पहिलो तल्ला वा माथिल्लो तल्लामा रहेका हुनाले बृद्धबृद्धाहरुलाई सिंढी चढेर बैंकसम्म छपुग्न निकै सकस गर्नु परेको छ ।
यसैबीच शुक्रबार राजविराजस्थित सेन्चुरी बैंकमा राजविराज १५ की ९९ वर्षिया बृद्धा बचियादेवी यादव बृद्ध भत्ता लिन पुग्दा सिंढी चढ्दा चढ्दै बेहोस भएर लडिन । उनको साथमा आएकी बुहारी सोनाबत्तिले जसोतसो सासुलाई सम्हालेकी थिईन् । उनले अन्य ग्राहकहरुसँग पनि सहयोग गरिदिन आग्रह गरिन् ।
सिटी रिक्सामा ५ सय रुँपैया भाडा तिरेर रिजर्भ गरि उनी बृद्ध भत्ता लिन आउछिन् । शारीरिक रुपमा अत्यन्त असक्त रहेकी बचियादेवी घरमै ल्याएर बृद्ध भत्ता बितरणको व्यवस्था हुन सकेमा आफूलाई सहज हुने र खर्च पनि बच्ने बताउछिन् ।
उनको पति बौवालालको २९ वर्ष अगाडी मृत्यु भएको तथा कान्छो छोराको पनि १४ वर्षअघि निधन भएको र जेठा छोरा छुटिएर अलग बसेका कारण कान्छी बुहारी सोनाबत्तिको आश्रयमा उनी बस्दै आएकी छिन् ।
कहिलेकाँही कान्छी बुहारी सोनाबत्ति पनि फुर्सदमा नरहने भएकाले छरछिमेकीको सहारा लिएर भएपनि उनी राजविराज पुग्ने गरेकी हुन् ।
मोटरसाइकल वा सिटी रिक्सामा एक्लै बस्ने नसक्ने, हिडडुल पनि गर्न नसक्ने भएकाले एक जना उनलाई सहारा दिने मानिसको आवश्यकता पर्ने गरेको बुहारी सोनाबत्तिले सुनाइन् ।
यस्तो समस्या बचियादेवीले मात्र नभई जिल्लाका अन्य असशक्त बृद्धबृद्धाहरुले पनि भोगिरेहका छन् । बृद्ध उमेरमा हिडडुल गर्न सक्ने नभएकाले एक्लै बैंकमा आउन उसै पनि गाहे, त्यसमाथी बैंकको दोश्रो र तेश्रो तल्लामाथी सिढी चढेर जान झनै सकस रहेको पीडित बृद्धबृद्धाहरु बताउँछन् ।
यता स्थानीयले जेष्ठ नागरिकलाई राज्यले केही सहयोग पुगोस् भनी भत्ता उपलब्ध गराएपनि लिन जानका लागि साह्ै कष्ट रहेको बताउँदै असशक्तका लागि सरकारले घरदैलोमै भत्ता बितरणको व्यवस्था मिलाइदिनु पर्ने माँग गरेका छन् ।
यस्तै राजविराज नगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रामप्रसाद यादवले असक्त बृद्धबृद्धाका लागि भत्ता लिन घरबाट पाँच किलोमिटर टाढाको बैंक धाउन समस्या रहेको स्विकार गर्छन् । जेष्ठ नागरिकको भत्ता बैंकबाटै दिने प्रावधान रहेका कारण चाहेर पनि केही गर्न नसकेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ