News Category 2077/06/19
नागरिकता बनाउन आउनेको अत्याधिक भिड

दैनिक समाचारदाता
राजविराज, १९ असोज ।
कोरोना महामारीकै बीचमा बन्दाबन्दी समाप्त भएको सरकारले निर्णय गरेपछि अहिले जिल्ला प्रशासन कार्यालय सप्तरीमा नागरिकता बनाउनेहरुको अत्याधिक चाप बढेको छ ।
कोरोना महामारीको जोखिम कायमै रहेका बेला जिल्ला प्रशासन कार्यालय सप्तरीमा दिनहुँ ५ देखी ६ सयसम्म सेवाग्राहीहरु नागरिकता बनाउन आउने गरेका छन् ।
सेवाग्राहीको चाप बढेपछि प्रहरी खटाउँदा पनि सामाजिक दुरी कायम गराउन हम्मे हम्मे परेको छ । जिल्ला प्रशासन कार्यालयकै पाँच जना कर्मचारीलाई कोरोना संक्रमण भई एक जनाको मृत्यु समेत भएपछि कार्यालयले पालो लगाएर एक दिनमा दुई स्थानिय तहहरुमा सेवाग्राहीको काम संचालनको व्यवस्था मिलाएको थियो ।
सेवाग्राहीहरुको अत्याधिक चाप बढेपछि कोरोना संक्रमणको जोखिम समेत बढेको छ भने भिडले गर्दा कतिपय सेवाग्राही काम नभ्याएर निरास भई फर्कदै गरेका छन् । सेवाग्राहीको भिडभाड जिल्ला प्रशासनमा मात्र होइन् मालपोत, नापी, विद्युत प्राधिकरण, बैंक तथा वित्तिय संस्था लगायतका अन्य कार्यालयमा समेत बढेको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्द ठाकुरले दैनिक तीन सय सम्म नागरिकता बनाउन, एक सय सम्म प्रतिलिपी लिन सक्ने व्यवस्था मिलाएको जानकारी दिएका छन् । यता नागरिकता लिन आउनेहरुले सनाखतका लागि समेत मानिस लिएर आउने हुँदा भिडभाड बढेको उनको कथन छ ।
उनले कोरोनाको जोखिमप्रति प्रशासन सचेत र सजग रहेको भन्दै बिहानैदेखी लाइनमा बस्ने सेवाग्राहीलाई भौतिक दुरी कायम र मास्क÷सेनिटाइजरको प्रयोग गर्न निरन्तर आग्रह गरिरहनु परेको सुनाए । उनले यस्तो भिडभाड घटाउने विभिन्न उपायको खोजीमा लागेको र एक दुई दिनमै केही निकास निस्किने बताए ।
यसअघि जिल्ला प्रशासन कार्यालय सप्तरीले कोरोना संक्रमणको वर्तमान अवस्थालाई दृष्टिगत गरी सेवाग्राही स्वयंको स्वास्थ्य सुरक्षा समेतका अभिप्रायले जिल्लास्थित पालिका, वडा कार्यालयहरुले आवश्यकता एवं औचित्यका आधारमा मात्र सिफारिस गरी सेवाग्राहीलाई पठाउन अनुरोध समेत गरेको थियो ।
सो कार्यालयले असोज ९ गते जारी गरेको सूचनामा आईतवार शम्भुनाथ, सुरुङ्गा र डाकनेश्वरी नगरपालिका, सोमवार रुपनी गाउँपालिका, खडक नगरपालिका र तिरहुत गाउँपालिका, मंगलवार हनुमाननगर कंकालिनी नगरपालिका र महदेवा गाउँपालिका, वुधवार तिलाठि कोईलाडि र छिन्नमस्ता गाउँपालिका, विहिवार राजविराज नगरपालिका र राजगढ गाउँपालिका तथा शुक्रवार अग्निसाईर कृष्णासवरण र विष्णुपुर गाउँपालिकाको कार्य सम्पादन गरिने उल्लेख छ ।
यता सप्तकोशी र कञ्चनरुप नगरपालिकाको इलाका प्रशासन कार्यालय कञ्चनपुर तथा वोदेवरसाईन नगरपालिका र वलान विहुल गाउँपालिकाको काम इलाका प्रशासन कार्यालय वोदेवरसाईनबाट नै भईरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/08 राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
- 2082/02/08 हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
- 2082/02/08 रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
- 2082/02/08 लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
- 2082/02/08 सांसद साहद्वारा अस्पतालको निरिक्षण
- 2082/02/08 सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
- 2082/02/07 झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
- 2082/02/07 फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट गरेको आरोपमा नन्द मरियम पक्राउ
- 2082/02/07 शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
- 2082/02/07 अनुगमन टोली आएपछी सुनचाँदी पसल एकाएक बन्द गरि पसलेहरु भागाभाग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ