News Category 2077/06/22
चाड पर्व नजिकै जाँदा बजार अनुगमन टोली तात्यो

दैनिक समाचारदाता
राजविराज, २१ असोज ।
चाड पर्व नजिकै जाँदा बजार अनुगमन टोली पनि तातिएको छ । कोरोना महामारीको बीचमा अनुगमन टोलीले लामो समयपछि बजार अनुगमन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको समन्वयमा खटिएको संयुक्त अनुगमन टोलीले राजबिराजस्थित एक दर्जन किराना पसलहरुको अनुगमन गरेको हो ।
अनुगमन क्रममा पसलहरुमा उपभोक्ताले प्रष्ट हेर्ने गरि मूल्य सूची र साईनबोर्ड राखिएको नपाइएको तथा म्याद गुज्रिएका सामग्रीहरु पसलेहरुले राखेको टोलीका संयोजक जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताएका छन् ।
राजबिराज बजारका आनन्द किराना पसल, दिपक जनरल स्टोर, गुणानन्द किराना स्टोर, शिव गुरु मिष्ठान भण्डार, माँ शक्ति किराना स्टोर, गौरी किराना पसल, जलपा ट्रेडर्स लगायतको पसलहरुमा अनुगमन गरिएको अनुगमन टोलीका सदस्य खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंहले जानकारी दिए ।
अनुगनका क्रममा बजारका पसलहरुबाट म्याद गुज्रिएका मसाला, चिउरा, धारा खानेतेल, घ्यू, मिक्स अचार नष्ट गरिएको उपभोक्ता अधिकार मञ्चका सप्तरी अध्यक्ष राजकुमार गुप्ताले जानकारी दिए ।
अनुगमन टोलीमा राजबिराज नगरपालिकाका प्रतिनिधि, सप्तरी उद्योग बाणिज्य संघका सचिव गौरी शंकर साह, उपभोक्ता अधिकार मञ्चका सप्तरी अध्यक्ष राजकुमार गुप्ता, न्यायिक संरक्षण मंचका राम कुमार यादव, घरेलु तथा साना उद्योग कार्यालयका बिरेन्द्र साह, सञ्चाकर्मी, प्रहरी लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ