News Category 2077/06/23
कोरोना संक्रमितको एम्बुलेन्समा राख्दा राख्दै मृत्यु
दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
सप्तरीका एक कोरोना संक्रमितको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा एम्बुलेन्समा राख्दा राख्दै बिहीबार बिहान ज्यान गएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ४ घर भई हाल राजविराज ६ मा बस्दै आएका ७१ वर्षिय जिवलाल साहको ज्यान गएको हो ।
साहको स्वास्थ्यमा समस्या देखिएपछि दुई दिन अघि अस्पताल भर्ना गरि उपचार सुरु गरिएको थियो । सोही क्रममा कोरोना परिक्षणका लागि उनको स्वाब संकलन समेत गरिएको थियो ।
स्वास्थ्यमा समस्या आएपछि बुधबार राती प्राप्त परिक्षण रिपोर्टले उनमा कोरोना पोजेटिभ पुष्टि भएको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिएका छन् ।
स्वास्थ्यमा सुधार देखिए पनि कोरोना पोजेटिभ देखिएकाले राती नै उनलाई राजविराजस्थित साईकृष्णा मेडिकल कलेजको आइसोलेशन सेन्टरमा लैजाने तयारी भइरहँदा आफन्तले होमआइसोलेशनमै राख्ने भनेपछि आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने शर्तमा होमआइसोलेशनमा राख्न अनुमति दिइएको डा. झले बताए ।
यता वडा नं. ६ का अध्यक्ष प्रेम यादवले आफन्तले राजविराज ६ स्थित निवासमा होमआइसोलेशनमा राखेका साहलाई बिहीबार बिहान ४ बजेतिर अचानक स्वाशप्रश्वासमा समस्या आएपछि उपचारका लागि धरान लैजान एम्बुलेन्समा राख्दै गर्दा मृत्यु भएको जनाए ।
मृतकको शवको बिहीबारै परिवारका केही सदस्यको उपस्थितिमा सेनाको टोलीले ब्यवस्थापन गरेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
योसँगै जिल्लामा कोरानाबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । यस्तै कुल संक्रमितको संख्या १ हजार ३ सय ५६ रहेकोमा बिहीबारसम्ममा १ हजार ९६ जना निको भई घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ