News Category 2077/06/23
डुंगाबाट तस्करी गर्दै गरेको अवस्थामा ३५ कार्टुन मदिरा बरामद
दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
तस्करले तस्करीको नयाँ नयाँ बाटो र माध्यम प्रयोग गर्न थालेपछि प्रहरीले सीमा नाका र कोशी नदी छेउछाउ गस्ति बढाएको छ ।
यसै क्रममा सप्तकोशी नदीमा डुंगाको प्रयोग गरी भारत तर्फ लैजादै गरको ३५ कार्टुन मदिरा प्रहरीले बिहीबार बिहान नियन्त्रणमा लिएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका क्षेत्रमा पर्ने सप्तकोशी नदी हुदै भारततर्फ लगिरहेको गोप्य सुचनाका आधारमा को. बर्साईनस्थित सशस्त्र प्रहरीको टोलीले तस्करीका लागी प्रयोग गरिएको डुंगाासहित सो परिमाणको मदिरा नियन्त्रणमा लिएको जनाएको छ ।
यद्यपी तस्करीमा संलग्न तस्करहरु भने फरार भएको र खोजी कार्य जारी रहेको शसस्त्र प्रहरी बल ६ नम्बर हेडक्वाटर राजविराजले जनाएको छ । यता बरामद गरिएके मदिरा राजविराजस्थित बेल्ही भन्सार कार्यालयमा बुझाइएको छ ।
दुई महिना यता प्रहरीले सप्तकोशी नदी आसपास समेत निगरानी बढाएपछि एक पछि अर्काे सफलता मिल्दै गएको शसस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठको भनाई छ । दुई महिनाको अवधिमा शसस्त्र प्रहरीले सप्तकोशी नदीमा डुंगााको प्रयोग गरी भारत तर्फ तस्करी गरी लैजादै गरेको लाखौै मुल्य बराबरको हरियो मटर र मदिरा बरामद गरी भन्सार कार्यालयलाई बुझाइसकेको सो कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ