News Category 2077/06/23
डुंगाबाट तस्करी गर्दै गरेको अवस्थामा ३५ कार्टुन मदिरा बरामद

दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
तस्करले तस्करीको नयाँ नयाँ बाटो र माध्यम प्रयोग गर्न थालेपछि प्रहरीले सीमा नाका र कोशी नदी छेउछाउ गस्ति बढाएको छ ।
यसै क्रममा सप्तकोशी नदीमा डुंगाको प्रयोग गरी भारत तर्फ लैजादै गरको ३५ कार्टुन मदिरा प्रहरीले बिहीबार बिहान नियन्त्रणमा लिएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका क्षेत्रमा पर्ने सप्तकोशी नदी हुदै भारततर्फ लगिरहेको गोप्य सुचनाका आधारमा को. बर्साईनस्थित सशस्त्र प्रहरीको टोलीले तस्करीका लागी प्रयोग गरिएको डुंगाासहित सो परिमाणको मदिरा नियन्त्रणमा लिएको जनाएको छ ।
यद्यपी तस्करीमा संलग्न तस्करहरु भने फरार भएको र खोजी कार्य जारी रहेको शसस्त्र प्रहरी बल ६ नम्बर हेडक्वाटर राजविराजले जनाएको छ । यता बरामद गरिएके मदिरा राजविराजस्थित बेल्ही भन्सार कार्यालयमा बुझाइएको छ ।
दुई महिना यता प्रहरीले सप्तकोशी नदी आसपास समेत निगरानी बढाएपछि एक पछि अर्काे सफलता मिल्दै गएको शसस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठको भनाई छ । दुई महिनाको अवधिमा शसस्त्र प्रहरीले सप्तकोशी नदीमा डुंगााको प्रयोग गरी भारत तर्फ तस्करी गरी लैजादै गरेको लाखौै मुल्य बराबरको हरियो मटर र मदिरा बरामद गरी भन्सार कार्यालयलाई बुझाइसकेको सो कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ