News Category 2077/06/24
बजार अनुगमन तिब्र, टोलीलाई देख्ने बित्तिकै अधिकांश पसल बन्द

दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
संयुक्त बजार अनुमगन टोलीले शुक्रबार राजविराजको विभिन्न किराना पसलमा अनुगमन गरि बिक्रि बितरणका लागि राखिएका अयोग्य बस्तु तथा खाद्य पदार्थ नियन्त्रणमा लिएको छ ।
स्थानिय बजारमा म्याद गुज्रिएका अखाद्यय बस्तु खुल्ला बिक्रि बितरण भइरहेको जनगुनासो आएपछि केही दिनयता बजार अनुगमनलाई तिब्रता दिइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीमा खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सुरेश सिंह, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि नेत्र बास्तोला, उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष राजकुमार गुप्ता, नयायिक उपभोक्ता मञ्चका अध्यक्ष रामकुमार यादवका साथै उद्योग बाणिज्य संघका प्रतिनिधि तथा संचारकर्मीहरु सहभागि छन् ।
यसअघि बिहीबार सोही टोलीद्वारा मदिरा पसलहरुमा अनुगमन गरिएको थियो । म्याद गुज्रिएका टुबोर्ग र किंगफिसर कम्पनीका क्यान र बियरका बोतलहरु नियन्यत्रणमा लिई नष्ट गरिएको थियो ।
म्याद गुज्रिएका तथा अखाद्यय बस्तुको बिक्रि बितरण गरेको फेरी पाइए कानुन बमोजिम कारवाही गरिने चेतावनीसहित एक पटक सम्झाएर छाडिने गरिएको उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्ताले बताए ।
अनुगमनसँगै टोलीले ब्यापारीलाई उपभोक्ता मारमा नपर्ने गरि व्यापार गर्न सुझाव समेत दिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
अनुगमन टोली बजार घुम्दै गरेको सुइको पाएपछि स्थानिय कतिपय व्यापारी धमाधम पसल बन्द गरेर निस्केका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ