News Category 2077/06/26
लागु औषधसहित तीन यूवा पक्राउ

दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
सप्तरी प्रहरीले आइतबार लागु औषध र गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । राजविराजस्थित सशस्त्र प्रहरी बल गण नं. ६ हेडक्वाटर राजविराज तथा इलाका प्रहरी कार्यालय छिन्नमस्ताबाट खटिएको संयुक्त टोलीले भारतीय सीमानाकासँग जोडिएको छिन्नमस्ता गाउँपालिकाको दशगज्जा क्षेत्रबाट आइतबार लागु औषधसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा छिन्नमस्ता गाउँपालिका ३ का २७ वर्षिय सुभाष यादव, २२ वर्षिय सनोज यादव र राजविराज नगरपालिका २ का २० वर्षिय रामकुमार यादव छन् । भारतबाट लागुऔषध खरीद गरि चोर बाटो हुँदै फर्कदै गरेको गोप्य सूचना आएपछि पुगेको प्रहरी टोलीले निजहरुलाई नियन्त्रणमा लिएको गणका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिए ।
उनीहरुको साथबाट नाइट्रोजन ट्यावलेट, कोरेक्स सिरप तथा प्रतिबन्धित गाँजा लगायतका लागुऔषध बरामद गरिएको तथा आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ