News Category 2077/06/26
जिल्ला अदालतमा हातधुने स्टेशन जडान

दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
कोरोना महामारीको संक्रमणलाई मध्य नजर गर्दै आइतबार सप्तरी जिल्ला अदालतमा हातधुने स्टेशन जडान गरिएको छ ।
युनिसेफ प्रदेश कार्यालय जनकपुधामको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र, नेपालको सहजिकरणमा सप्तरी जिल्ला अदालतको परिसरमा आइतबार प्याडलसहितको हातधुने स्टेशन जडान गरिएको हो ।
सो स्टेशनको सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश चन्द्रमणि ज्ञवालीले हात धुई उद्घाटन गरेका छन् ।
सो अवसरमा अदालतका श्रेस्तेदार कुमार मास्के र जिल्ला बार ईकाई सप्तरीका अध्यक्ष डोमन साह, अदालतका कर्मचारी, संस्थाका अध्यक्ष, कोषाध्यक्ष तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
स्विश्व हातधुने दिवसको अवसर पारेर अदालतमा पनि कोरोनाको जोखिम उच्च रहेकोले सोही कुरालाई मध्यनजर गर्दै प्याडसहितको हातधुने स्टेशन जडान गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए । उनले उच्च अदालत राजविराज जनकपुर इजलासमा पनि सोही प्याडल जडान गरिने समेत बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ