News Category 2077/06/26
कोरोना संक्रमित एक महिलाको मृत्यु

दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
सप्तरीमा थप एक महिलाको आइतबार कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. ७ घर भइ हाल राजविराज नगरपालिका वडा नं. ६ मा बस्ने ६५ वर्षिया ती महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
उच्च ज्वरो आएपछि असोज २० गते उनको स्वाव परिक्षणबाट कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिईन । मृतकको शवको आइतवारै सेनाले सप्तकोशी किनारमा व्यवस्थापन गरेको छ ।
मधुमेह, उच्च रक्तचापलगायतका समस्यवाट समेत पीडित रहेकी उनलाई आइतबार बिहान स्वासप्रश्वासमा समस्या देखिएपछि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका लगि भर्ना गरिएको थियो । सोही अस्पतालमा उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । यस्तै जिल्लामा हालसम्म १ हजार ३ सय ८८ जना कोरोना संक्रमित छन् भने १ हजार १ सय १२ जना निको भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ