News Category 2077/06/26
बाणिज्य बैंक तथा रुपनी गाउँपालिकाका कर्मचारीसहित २५ जना कोरोना संक्रमित, प्रदेशसभा सदस्यमा पनि कोरोना पुष्टि

दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
राजविराजस्थित राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका १३ जना तथा ११ जना रुपनी गाउँपालिकाका कर्मचारीसहित २५ जनामा आइतबार कोरोना संक्रमणको पुष्टि भएको छ ।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ८८ पुगेको छ भने हालसम्म ती मध्ये २० जनाको मृत्यु भएको छ ।
यता आइतवारै जिल्लामा एक प्रदेशसभा सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशसभा सदस्य आभिशेख यादवलाई कोरोना संक्रमणको पुष्टि भएको सामाजिक संजालमा उनले पोष्ट गरेका छन् ।
यता कोरोना संक्रमितहरुमा राष्ट्रिय बाणिज्य बैंक लिमिटेड शाखा राजविराजमा कार्यरत राजविराज नगरपालिका वडा नं. १ का २३ वर्षीया महिला, सोही वार्डका उमेर नखुलेका पुरुष, ४० वर्षीय पुरुष, २३ वर्षीय पुरुष, उमेर उल्लेख नभएको महिला, डाक्नेश्वरी नगरपालिका ९ का १२ वर्षीय पुरुष, ३२ वर्षीय पुरुष, वार्ड नम्बर ७ का २४ वर्षीय पुरुष, ३५ वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका ७ का २२ वर्षीय पुरुष, रुपनी गाउँपालिका ६ का ३८ वर्षीय पुरुष, मोरग जिल्लाका ३१ वर्षीय पुरुष, र उदयपुर जिल्लाका ३१ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै, रुपनी गाउँपालिका वडा नं. १ का ३१ वर्षीया महिला, ४६ वर्षीय पुरुष, ४३ वर्षीय पुरुष, ४८ वर्षीय पुरुष, २२ वर्षीय पुरुष, २४ वर्षीया महिला, ४० वर्षीया महिला, ३० वर्षीय पुरुष, २३ वर्षीय पुरुष, वार्ड नम्बर ४ का २४ वर्षीय पुरुष, ४७ वर्षीय पुरुष, ६ वर्षीया बालिका र राजविराज नगरपालिका वडा नं. ७ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बैंक र गाउँपालिकाका कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि अहिले बाणिज्य बैंक तथा गाउँपालिकाको कार्यालय बन्द गरिएको छ । गाउँपालिकाको कार्यालय एक साताका लागि बन्द गरिएको एक सूचना मार्फत जनाइएको छ ।
यसअघि राजविराज र कञ्चनरुप नगरपालिकास्थित मालपोत कार्यालय, खडक नगरपालिका र राजगढ गाउँपालिकाका कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँको सेवा बन्द गरिएको थियो । ती कार्यालय र स्थानीय तहको सेवा आइतवारसम्म पनि बन्द रहेको छ । जिल्लामा संक्रमितको संख्या बढ्ने दर कायमै रहदा स्थानीयमा भने झन त्रास फैलिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ