News Category 2077/06/26
बाणिज्य बैंक तथा रुपनी गाउँपालिकाका कर्मचारीसहित २५ जना कोरोना संक्रमित, प्रदेशसभा सदस्यमा पनि कोरोना पुष्टि
दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
राजविराजस्थित राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका १३ जना तथा ११ जना रुपनी गाउँपालिकाका कर्मचारीसहित २५ जनामा आइतबार कोरोना संक्रमणको पुष्टि भएको छ ।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ८८ पुगेको छ भने हालसम्म ती मध्ये २० जनाको मृत्यु भएको छ ।
यता आइतवारै जिल्लामा एक प्रदेशसभा सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशसभा सदस्य आभिशेख यादवलाई कोरोना संक्रमणको पुष्टि भएको सामाजिक संजालमा उनले पोष्ट गरेका छन् ।
यता कोरोना संक्रमितहरुमा राष्ट्रिय बाणिज्य बैंक लिमिटेड शाखा राजविराजमा कार्यरत राजविराज नगरपालिका वडा नं. १ का २३ वर्षीया महिला, सोही वार्डका उमेर नखुलेका पुरुष, ४० वर्षीय पुरुष, २३ वर्षीय पुरुष, उमेर उल्लेख नभएको महिला, डाक्नेश्वरी नगरपालिका ९ का १२ वर्षीय पुरुष, ३२ वर्षीय पुरुष, वार्ड नम्बर ७ का २४ वर्षीय पुरुष, ३५ वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका ७ का २२ वर्षीय पुरुष, रुपनी गाउँपालिका ६ का ३८ वर्षीय पुरुष, मोरग जिल्लाका ३१ वर्षीय पुरुष, र उदयपुर जिल्लाका ३१ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै, रुपनी गाउँपालिका वडा नं. १ का ३१ वर्षीया महिला, ४६ वर्षीय पुरुष, ४३ वर्षीय पुरुष, ४८ वर्षीय पुरुष, २२ वर्षीय पुरुष, २४ वर्षीया महिला, ४० वर्षीया महिला, ३० वर्षीय पुरुष, २३ वर्षीय पुरुष, वार्ड नम्बर ४ का २४ वर्षीय पुरुष, ४७ वर्षीय पुरुष, ६ वर्षीया बालिका र राजविराज नगरपालिका वडा नं. ७ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बैंक र गाउँपालिकाका कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि अहिले बाणिज्य बैंक तथा गाउँपालिकाको कार्यालय बन्द गरिएको छ । गाउँपालिकाको कार्यालय एक साताका लागि बन्द गरिएको एक सूचना मार्फत जनाइएको छ ।
यसअघि राजविराज र कञ्चनरुप नगरपालिकास्थित मालपोत कार्यालय, खडक नगरपालिका र राजगढ गाउँपालिकाका कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँको सेवा बन्द गरिएको थियो । ती कार्यालय र स्थानीय तहको सेवा आइतवारसम्म पनि बन्द रहेको छ । जिल्लामा संक्रमितको संख्या बढ्ने दर कायमै रहदा स्थानीयमा भने झन त्रास फैलिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ