News Category 2077/06/27
डुमरी शिवथानमा बैकल्पिक कक्षा संचालन
दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
कोरोना महामारीका कारण झण्डै ७ महिनादेखी शैक्षिक संस्था बन्द रहेको अबस्थामा स्थानिय निकायहरूले बैकल्पिक समुहगत कक्षा संचालन गरेका छन् ।
सोही अनुसार राजबिराज नगरपालिका वडा नं. १ स्थित राष्ट्रिय आधारभुत बिद्यालय डुमरी शिवथानका बिद्यार्थीहरूका लागि बैकल्पिक कक्षा संचालन गरिएको छ ।
सो स्थानमा रहेको दुई टोल डुमरी र शिवथानका विभिन्न ५ स्थानमा बिधार्थीहरूका लागि कक्षा संचालनमा ल्याइएको बिद्यालयका प्रधानाध्यापक धनिलाल साहले जानकारी दिएका छन ।
असोज १५ गतेदेखि संचालनमा ल्याइएको समुहगत कक्षामा २० देखि २५ जना सम्म बिद्यार्थीहरूलाई राखेर पठनपाठन संचालन गर्दै आएको उनले बताए ।
स्वास्थ्य मन्त्रालय अनुसार समाजिक दुरी कायम गर्दै सबै समुहका बिद्यार्थीलाई माक्स, सेनिटाईजर, साबुन पानीसहित बस्न त्रिपाल समेतको ब्यबस्थापन गरिएको प्रअ साहले बताए ।
सो समूहगत कक्षा संचालनकालागि राजबिराज नगरपालिकाले भदौ ३१ गतेको नगरस्तरिय प्रअको बैठकको निर्णय अनुसार प्रत्येक समुहमा बिद्यालयका एक शिक्षकको जिम्मेवारी दिएर कक्षा संचालनमा ल्याइएको प्रअ साहको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ