News Category 2077/06/27
अदालत र कर कार्यालयमा प्याडलसहितको हातधुने स्टेशन जडान
दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
कोरोना संक्रमणको उच्च जोखिम रहेको बेला उच्च अदालत जनकपुर राजविराज इजलास तथा करदाता सेवा कार्यालय राजविराजमा प्याडलसहितको हातधुने स्टेशन जडान गरिएको छ ।
युनिसेफ प्रदेश कार्यालय जनकपुधामको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र, नेपालको सहजिकरणमा सो प्याडलसहितको हातधुने स्टेशन जडान गरिएको हो ।
उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायाधीश प्रकाश चन्द्र गजुरेल तथा करदाता सेवा कार्यालयका प्रमुखले पनि हातधोएर स्टेशनको उद्घाटन गरेका थिए ।
उच्च अदालत र करदाता सेवा कार्यालयको परिसर भित्र सेवाग्राहीहरूको भिडभाड अत्याधिक रहने हुनाले कोभिड १९ संक्रमणको जोखिम न्युनिकरण तथा विश्व हातधुने दिवसलाई सफलता साथ सम्पन्न गर्ने उद्देश्यले सो स्टेशन जडान गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए ।
न्यायाधीश शेखर चन्द्र अर्याल, रजिष्टार रामप्रसाद भट्टराई, उच्च बार एशोसिएशन राजविराजका अध्यक्ष रामानन्द साह, जिल्ला बारका अध्यक्ष डोमन साह, उच्च बार एशोसिएशनका पूर्व अध्यक्ष श्याम नारायण साह, पूर्व कोषाध्यक्ष नवीन सिंह, उच्च उदालतका कर्मचारी तथा संस्थाका अध्यक्ष एवं पदाधिकारी, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।
यसअघि जिल्ला अदालत सप्तरी परिसरमा पनि सो स्टेशन जडान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ