News Category 2077/06/27
कोरोनाबाट जनप्रतिनिधीको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
कोरोना संक्रमणबाट आईतवार राती एक जनप्रतिनिधीको मृत्यु भएको छ ।
सप्तरीको तिरहुत गाँउपालिका वडा नं. ३ का वडा सदस्य ४५ वर्षिय देवनारायण मण्डलको चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
उनको शव गृह जिल्लामा ल्याई सोमवार विहान सप्तकोशी नदी किनारमा व्यवस्थापन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
ब्लड क्यासन्सर रोगले पीडित भई उपचारका लागी भरतपुर क्यान्सर अस्पताल पु¥याइएका उनको स्वाव परिक्षण गर्दा कोरोना संक्रमण समेत पुष्टी भएको थियो । आईशोलेशनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको हो ।
नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित मण्डलको निधनको खबरले आफुहरु स्तब्ध र मर्महत भएको सोमवार नेपाली काँग्रेस सप्तरीका सभापती दिनेश कुमार यादवद्वारा जारी शोक विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उनको निधनले पार्टीलाई अपुर्णिय क्षती भएको उल्लेख गर्दै विज्ञप्ती मार्फत हार्दिक समवेदना तथा शोक सन्तप्त परिवारलाई धैर्य धारणा गर्ने शक्ती मिलोस् भनि कामना ब्यक्त गरिएको छ । यो संगै सप्तरीमा कोरोनाबाट ज्यान गुमानउनेको संख्या २१ पुगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ