News Category 2077/06/27
मुलुक र जनताको समस्या समाधानका लागि बृहत एकता ः जसपा नेता महतो
दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले मुलुकमा तेश्रो विकल्पको रुपमा राजनीतिक पार्टीको आवश्यकता रहेको भन्दै आफूहरु सोका लागि बृहत एकता गरेको बताएका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुलामा मंगलबार पार्टीका नेता स्व. धर्मनारायण रायको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
मुलुकका दुई ठूला राजनीतिक पार्टीको कार्यशैलीलाई जनताले हेरिसकेको र तिनीहरुबाट मुलुकको समस्या समाधान नभएको टिप्पणी गर्दै उनले मुलुक र जनताको समस्या समाधानको लागि आफूहरु बृहत एकताका साथ अघि बढेको प्रष्ट पारे ।
काँग्रेस र कम्युनिष्टका सरकारलाई जनताले पटक पटक हेरिसके बताउँदै नेता महतोले जनताको अपेक्षा अनुसार काम हुन नसकेका कारण अहिले विकल्पको रुपमा तेश्रो राजनीतिक पार्टी आवश्यकता भएको दाबी गरे ।
उनले संविधान संशोधन नगरिकन सर्वस्वीकार्य हुन नसक्ने ठोकुवाका गर्दै उनले आफूहरु त्यसैका लागि संघर्षरत रहेको प्रष्ट समेत पारे । संविधान सबैको सर्वस्वीकार्य बन्नलाई जनताको समस्या पहिले समाधान हुनु जरुरी रहेको भन्दै उनले आफूहरु मधेशदेखी पहाडसम्मका सिमान्कृत जनताको आवाज मुखरित हुने गरि संविधान संशोधनमा डटेर लाग्ने प्रतिबद्धता जनाए ।
जसपाका स्थानिय नेता जागेश्वर रायको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली सभालाई जसपाका अर्का नेता अनिल झा, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, केशव झा, मृगेन्द्र कुमार सिंह यादव, मनिष कुमार सुमन, सूर्यनाथ यादव, शम्भु झा, सतिश सिंह, दयानन्द गोइतले पनि सम्बोधन गरेका थिए ।
सभामा संघीय सांसद चन्द्रकान्त चौधरीका साथै, गजेन्द्र कुमार मण्डल, दिपेन्द्र चौधरी, डा. टेक नारायण मण्डल, अमरनाथ मण्डल, मिभराज यादव लगायत जसपका नेताका साथै ठूलो संख्यामा सर्वसाधारण सहभागि रहेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ