News Category 2077/06/29
प्रहरी दिवसमा बृक्षारोपन तथा धार्मिक स्थलको सरसफाई

दैनिक समाचारदाता
राजविराज, २८ असोज ।
६५ औं प्रहरी दिवसको अवसरमा बुधबार बृक्षारोपन तथा विभिन्न धार्मिक स्थलहरुको सरसफाई गरिएको छ ।
सार्वजनिक स्थलमा बृक्षारोपन तथा राजविराजस्थित विभिन्न मठ मन्दिरमा सरसफाई गर्दै २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजले प्रहरी दिवस मनाएको हो ।
कोरोनाको जोखिम कायमै रहेकोले भिडभाड नहुने गरी बृक्षारोपन तथा मठ मन्दिरको सरसफाई कार्यक्रम रोजेको तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरिक्षक हरिराज वाग्लेले बताए ।
चाडपर्वको समय नजिकिएकै बेला मन्दिरहरुमा भिडभाड लाग्ने भएकोले बृक्षारोपन सँगसँगै धार्मिक स्थलहरुको सरसफाई गर्ने कार्यक्रम तय गरिएको र यो कार्यक्रम तीन दिनसम्म संचालन हुने तालिम केन्द्रका प्रहरी नायब उपरिक्षक खगेन्द्र खडगाले जानकारी दिए ।
बृक्षारोपन तथा सरसफाई कार्यक्रम प्रभावकारी ढंगले संचालन गर्न झण्डै ५ दर्जन जनशक्ति परिचालन गरिएको २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ