News Category 2077/06/29
हिंसात्मक घटना रोक्नुपर्ने लगायतका ६ बुँदे माँगसहित मुख्यमन्त्रीलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, २८ असोज ।
महिला तथा दलित समुदायमाथि भईरहेको श्रृंखलाबद्ध हत्या हिंसा रोक्नुपर्ने लगायतका ६ बुँदे मागसहित राष्ट्रिय युवा संघ नेपाल सप्तरीले बुधबार सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रदेश २ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
नेकपाका नेता तथा राष्ट्रिय युवा संघ नेता कार्यकर्ताहरुले सामुहिक रुपमा पठाएको ज्ञापनपत्रमा पछिल्लो चरण दलित समुदाय र दलितमाथि भईरहेको हिंसात्मक घटनाहरुमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरिएको छ ।
सोही ज्ञापनपत्रमा कोरोना भाइरसको संक्रमणले उब्जाएका समस्या र चुनौतिका साथ साथै शासक जातीय अहंकार, स्थानीय जातीय अहंकार, उच्च बर्गीय षडयन्त्र र पृतिसत्तात्मक सोच, चिन्तनको साथै अन्ध धार्मिकता उन्मादका कारण यस्ता समस्याहरु झन जटिल बन्दै गएको भन्दै दमन र बिभेदमा पारिएकाहरुलाई क्षतिपुर्ति सहित बिशेषाधिकारको ग्यारेन्टीसँगै समानताको प्रत्याभुति गर्न माग गरिएको छ ।
राष्ट्रिय युवा संघ सप्तरीका ईञ्चार्ज निरञ्जन झा, जिल्ला संयोजक बिनोद कुमार यादव र सहसंयोजक आनन्द देव यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा दलित समुदाय लक्षित बिशेष कार्यक्रम, बेघरबारलाई जनताको आवास, भोजन, वस्त्र, शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार सृजना केन्द्रीत कार्यक्रम ल्याउन माग गर्दै महिलामाथि भईरहेको घरेलु हिंसा, यौनजन्य हिंसा र बलात्कार, बोक्सी लगायतका आरोपमा उत्पीडन र बेइज्जतीलाई तुरुन्त रोक्न र संलग्न अपराधलाई दण्डित गर्न समेत माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ