News Category 2077/06/29
हिंसात्मक घटना रोक्नुपर्ने लगायतका ६ बुँदे माँगसहित मुख्यमन्त्रीलाई ज्ञापन

दैनिक समाचारदाता
राजविराज, २८ असोज ।
महिला तथा दलित समुदायमाथि भईरहेको श्रृंखलाबद्ध हत्या हिंसा रोक्नुपर्ने लगायतका ६ बुँदे मागसहित राष्ट्रिय युवा संघ नेपाल सप्तरीले बुधबार सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रदेश २ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
नेकपाका नेता तथा राष्ट्रिय युवा संघ नेता कार्यकर्ताहरुले सामुहिक रुपमा पठाएको ज्ञापनपत्रमा पछिल्लो चरण दलित समुदाय र दलितमाथि भईरहेको हिंसात्मक घटनाहरुमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरिएको छ ।
सोही ज्ञापनपत्रमा कोरोना भाइरसको संक्रमणले उब्जाएका समस्या र चुनौतिका साथ साथै शासक जातीय अहंकार, स्थानीय जातीय अहंकार, उच्च बर्गीय षडयन्त्र र पृतिसत्तात्मक सोच, चिन्तनको साथै अन्ध धार्मिकता उन्मादका कारण यस्ता समस्याहरु झन जटिल बन्दै गएको भन्दै दमन र बिभेदमा पारिएकाहरुलाई क्षतिपुर्ति सहित बिशेषाधिकारको ग्यारेन्टीसँगै समानताको प्रत्याभुति गर्न माग गरिएको छ ।
राष्ट्रिय युवा संघ सप्तरीका ईञ्चार्ज निरञ्जन झा, जिल्ला संयोजक बिनोद कुमार यादव र सहसंयोजक आनन्द देव यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा दलित समुदाय लक्षित बिशेष कार्यक्रम, बेघरबारलाई जनताको आवास, भोजन, वस्त्र, शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार सृजना केन्द्रीत कार्यक्रम ल्याउन माग गर्दै महिलामाथि भईरहेको घरेलु हिंसा, यौनजन्य हिंसा र बलात्कार, बोक्सी लगायतका आरोपमा उत्पीडन र बेइज्जतीलाई तुरुन्त रोक्न र संलग्न अपराधलाई दण्डित गर्न समेत माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ