News Category 2077/06/30
सप्तरीमा म्याद नाघेको वियर, चिसो पेय पदार्थ र खाद्य बस्तु नष्ट गरिँदै
दैनिक समाचारदाता
राजविराज, २९ असोज ।
अहिले सप्तरीको बजारमा म्याद गुज्रेका वियर, चिसो पेय पदार्थ र खाद्य बस्तुको बिक्रि बढेसँगै अनुगमन टोलीको निगरानी समेत बढेको छ ।
बजारमा खुलेआम अखाद्य बस्तु बिक्रि बितरण भइरहेको गुनासो आएपछि संयुक्त बजार अनुगमन टोलीले केही दिन यता थालेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रेका तथा अखाद्य बस्तु फेला पार्दै नष्ट गर्दैछ ।
जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले बजारका विभिन्न होटल, किराना र मदिरा पसललाई लक्षित गरि अनुगमनलाई तिब्र बनाएको हो ।
सो क्रममा म्याद गुज्रेका र भन्सार छलेर भारतबाट ल्याइएका खाने तेल, खाद्य सामाग्रि, खैनी बिडी, चिप्सका साथै स्प्राइट, फेन्टा, टुबर्ग र किंगफिसर ब्राण्डका बियरसहित ठूलो परिमाणमा अखाद्य बस्तु तथा खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको टोलीमा सहभागि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सुरेश सिंहले बताए ।
सात दिनको अवधीमा मात्रै करीब १५ लाख मुल्य बराबरको म्याद गुज्रिएका तथा अखाद्य बस्तु नियन्त्रणमा लिई नष्ट गरिएको उनको भनाई छ । अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य बस्तुले स्वास्थ्यमा पार्ने गम्भिर असरबारे पसलेलाई सम्झाउनुका साथै पसलमा मुल्य सूची चुस्त, दुरुस्त राख्न, खाद्यान्न प्याक गर्दा मुल्य र उपभोक्ता मिति राखेर मात्र बिक्रि गर्ने लगायतका निर्देशन समेत दिने गरिएको छ ।
केही पसलेले उपभोग्य बस्तुको मनपरी मुल्य कायम गरि म्याद सकिएको सामान पनि बिक्रि बितरण गरिरहेको सूचना आएपछि पहिलो चरणमा जिल्ला भित्र रहेका मदिरा, किराना र होटललाई लक्षित गरि अनुमगन थालिएको र दोश्रो चारणमा यी बाहेकका अन्य पसलमा समेत अनुगमन गरिने तयारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
संयुक्त अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, उद्योग बाणिज्य संघ, उपभोक्ता मञ्चलगायतका संघ संस्थाका प्रतिनिधि र संचारकर्मी समेत सहभागि छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ