News Category 2077/07/02
कोरोनाबाट प्रभावित अतिबिपन्न २ सय ५२ परिवारलाई राहत बितरण
दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
कोरोना भाइरसको महामारीका कारण खाना खान समस्यामा रहेको २ सय ५२ जना गरिब अतिबिपन्न परिवारलाई आइतबार खाद्यन्न सामग्री बितरण गरिएको छ ।
सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको साँझेदारीमा राजविराजमा आइतबार जिल्लाको बिष्णुपुर गाउँपालिका ६ मा ४३ जना परिवार, छिननमस्ता गाउँपालिका वडा नं. ७ का ८३ जना परिवार र राजविराज नगरपालिका वडा नं. १४ का १ सय २६ जना परिवारलाई सो राहत बितरण गरिएको हो ।
सेभ द सप्तरीका कृषि प्राविधिक राम कुमार साहले कोभिन्ड १९ का कारण खाना खान समस्यामा रहेको उनीहरुलाई १५ केजी पिठो, ७५ केजी चामल, १० केजी मुसरोका दाल, ५ लिटर खाने तेल, ६ प्याकेट नुन, ५ थानका दरले नुहाउने साबुन, ५ थान कपडा धुने साबुन लगायतका खाद्यन्न समाग्री बितरण गरिएको जानकारी दिएका छन् ।
प्रति परिवार रु ८ हजार ६ सय २५ रुपैयाका दरले २ सय ५२ जनालाई करिब २१ लाख ६३ हजार ५ सय मुल्य बराबरको खाद्यान्न बितरण गरिएको सेभ द सप्तरीले जनाएको छ ।
त्यस्तै सोही कार्यक्रममा २ सय ६५ जना बालबालिकाहरुलाई एजुकेशनल किट समेत बितरण गरिएको छ । सो क्रममा प्रत्येकलाई ब्याग १ थान, स्टेशनरी समान, बिद्यालयका पोसाक लगायतका समानहरु बितरण गरिएको छ ।
सो राहत बितरण कार्यक्रममा सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक अरुण महतो, जिविको उपार्जन कार्यक्रमका संयोजक इन्द्र हायु, सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव, कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी, फिल्ड अधिकृत सत्यनारायण थारु, बिद्या मण्डल, सुपरभाइजर मनिता घिमिरे, भुपेन्द्र सदा लगायतका उपस्थिति रहेको थियो ।
यसअघि शनिवार पनि बिष्णुपुर गाउँपालिका ६ रंजितपुरका ४३ जना गरिब तथा अतिबिपन्न परिवारलाई पनि राहत बितरण गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ