News Category 2077/07/02
ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ
दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
सप्तरी प्रहरीले पहिलो पटक लागु औषध ब्राउन सुगरसहित दुई कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ७ का २७ वर्षिय भरत शर्मा र १९ वर्षिय निरज शर्मा छन् । नातामा उनीहरु दाजुभाई हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार बिहान पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेकाहरुका साथबाट ५० ग्राम ब्राउन सुगर बरामद गरिएको जानकारी दिएको छ ।
ब्राउन सुगरको कारोबार गर्दै आएका शर्मा दाजुभाईलाई शनिबार साँझ जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ स्थित बकधुवा–महदेवा सडकखण्डबाट इलाका प्रहरी कार्यालय कंचनपुरको टोलीले पक्राउ गरेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।

बिशेष सुचनाको आधारमा स.७प. १८६५ नम्बरको मोटरसाइकल चढेर महुलीतर्फ आउँदै गर्दा इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक नरेश कुमार सिंहको नेतृत्वमा खटिएको टोलीले चेकजाचको क्रममा दुबैजनालाई पक्राउ गरेको प्रहरी उपरिक्षक धमलाले बताए ।
शर्मा दाजुभाईको साथबाट कालो प्लाष्टिकको ५ वटा पातलो झोलामा प्याक गरि राखिएको १०÷१० ग्राम गरि कुल ५० ग्राम ब्राउन सुगर, दुई थान मोबाइल र नगद ६ हजार ९ सय रुँपैया बरामद गरेको छ । बरामद ब्राउन सुगरको ४ लाख भन्दा बढी मुल्य पर्ने अनुमान गरिएको छ ।
यता पक्राउ परेका शर्मा दाजुभाईले आफूहरु विगत एक वर्षदेखी सो कारोबारमा लागेको बयान दिएका छन् । प्रहरीका अनुसार शर्मा दाजुभाईले भारत बिहार राज्यको सिपौल जिल्ला निवासी सुशान्त भन्ने व्यक्तिबाट ब्राउन सुगर खरीद गरि ल्याउने र नेपालको सुनसरी, उदयपुर, पोखरा र काठमाडौं लगायतका स्थानमा सप्लाई गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
प्रहरी उपरिक्षक धमलाले पक्राउ परेका शर्मा दाजुभाईलाई आइतबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई लागुऔषध ऐन २०३३ अनुसार आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जानकारी पनि दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ