News Category 2077/07/05
विपन्न १ सय ६८ परिवारलाई खाद्यान्नसहित शैक्षिक तथा सरसफाई सामाग्री बितरण

दैनिक समाचारदाता
राजविराज, ४ कात्तिक ।
कोरोना महामारीका बीच अति, गरिव तथा असहाय परिवारलाई गुजारा चलाउनको निम्ति कठिनाई भएपछि सबल नेपालले खाद्यान्न, शैक्षिक तथा सरसफाई सामग्री बितरण गरेको छ ।
सप्तरीको खडक नगरपालिका वडा १, २, ३ र ५ तथा सुरुङ्गा नगरपालिकाको ३, ९ र १० अति प्रभावित १ सय ६८ परिवारलाई प्रतिपरिवार ८ हजार ६ सय २५ बराबरको खाद्यान्न र आवश्यकता अनुसार २ हजार ५ सय पर्ने शैक्षिक सामग्री, एक हजार बरावरको बेबी प्याक सेभ द चिल्ड्रेनको सहयोगमा वितरण गरिएको हो ।
सुरुङ्गा नगरपालिकास्थित कदमाहामा नगर प्रमुख मुक्तिनाथ चौधरीले सो कार्यक्रमको सुरूवात गर्दै नगरका सबै प्रभावित परिवारहरुलाई सहयोग गर्ने योजना रहेको बतााए । उनले संकटको बेलामा सबल नेपाल र सेभ द चिल्ड्रेनले पु¥याएको सहयोगको प्रशंसा गरे ।
उक्त कार्यक्रममा अनावश्यक भिड र झन्झट न्यूनीकरण गर्नका लागि प्रभु बैंक लिमिटेडको प्राविधिक सहयोगममा मार्फत उक्त सामग्रीहरु प्रभावित परिवारहरुलाई भौचर कोडलाई उपलब्ध गराई छुटाछट्टै तोकिएको पसलमा सेवाग्राहीले सजिलै सामग्री सँग साट्ने गरि व्यवस्था मिलाउनमा सहयोग गरेको सबल नेपालका कार्यक्रम अधिकृत रोशन मण्डलले बताए ।
यस अघि पनि सबल नेपालले नै बन्दाबन्दिको कारण जिविकोपार्जन र रोजगार गुमाएका १ सय ५० बढी परिवारलाई सहयोग गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ