News Category 2077/07/05
किरा र लेदोसहितको बोतलको पानी बजारमा, पानी पिएर दुई जना बिरामी
दैनिक समाचारदाता
राजविराज, ४ कात्तिक ।
अहिले चाडपर्वको बेला सप्तरीमा बजार अनुगमन टोलीले खाद्य बस्तुहरुको अनुगमन गरिरहँदा सिलप्याक गरिएको पानीको बोतलमा किरा र लेदो भेटिएको छ । उक्त फोहर र किरायुक्त पानी खाँदा दुई जना बिरामी समेत परेका छन् ।
शुद्ध पिउने पानी भनेर बोतलमा उपभोक्तलाई बिक्रि गर्दै आएको “एकुवा (एक्युयुए) वाटर” भित्र किरा र फोहर लेदो भेटिएपछि उपभोक्ताले उत्पादक कम्पनीलाई कारवाही गर्न माँग गरेका छन् ।
सप्तरीको शम्ुभनाथ नगरपालिका ५ मोहनपुरमा रहेको बिरेन्द्र सन्स फुड एण्ड ब्रेभेज उद्योगद्वारा उत्पादित भई बिक्रि बितरणका लागि राजविराज पठाएका प्राय बोतलमा फोहर लेदो र किरा फेला परेको उपभोक्ताले बताएका छन् ।
पसलमा बिक्रिका लागि पठाइएका एकुवा प्रशोधित सिलप्याक बोतलको पानीमा किरा र लेदो भएकाले उत्पादन बन्द गराउन उपभोक्ताका तर्फबाट राजविराज नगरपालिकाका पूर्वमेयर महिदेव चौधरीले माग गरेका छन् । उनले शुद्ध पिउने पानीको नाममा उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पर्ने फोहर पानी उत्पादन गरि बिक्रि गर्ने कम्पनीलाई तत्काल कारवाही गर्न माँग गरेका हुन् ।
उनले आफ्ना भाई सूर्यदेव चौधरीलाई तिर्खा लागेपछि शुक्रबार बजारमा सोही ब्रान्डको पानी खरीद गरि खाँदा अचानक बेहोस भई लडेको र अहिले बिराटनगरस्थित सप्तकोशी अस्पतालमा भर्ना रहेको जानकारी दिएका छन् ।
यस्तै राजविराज ६ का अरुणकुमार देवले ६ दिन अघि तिर्खा लागेर नेता चौकस्थित एक पसलबाट प्रशोधित पानी भनेर ब्रान्डिङ गरेको सिलप्याक एकुवा बोतल किनेर पिउने क्रममा किरा, लेउ र लेदो भेटिएको सुनाए । उनले हतारहतारमा पानी खाएको र मुखको स्वाद बिग्रिएपछि बोतलभित्र हेर्दा किरा तैरिरहेको देखेको सुनाए । बोतलमा लेदो र किरा फेला परेपछि पसलका अन्य बोतल पनि चेक गर्दा सिलप्याक गरिएका अन्य चार बोतलमा पनि लेदो फेला परेको उनले बताए ।
उनले सोही पान्ी पिउँदा आफू पनि बिरामी भई चार दिनसम्म गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना रहेको सुनाए ।
उत्पादक कम्पनीका संचालक दिनेश चौधरीसँग जिज्ञासा राख्दा हजारौं बोतल प्याक गर्दा केहीमा भुलवस त्यस्तो हुन गएको गैरजिम्मेवारपूर्ण जवाफ दिएका छन् । उनले कोरोनाको जोखिमका कारण प्रशोधित पानी बोतलभित्र प्याक गर्दा कामदारले हातमा ग्लब्स लगाउने गरेको र सोही कारणले किरा र लेदो यकिन गर्न समस्या भएको बताए ।
यसबारे किरायुक्त सिलप्याक बोतल लिएर यहाँस्थित खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजमा सम्पर्क गर्दा कार्यालय प्रमुख सुरेश सिंहले उत्पादक कम्पनीलाई आवश्यक कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ