News Category 2077/07/16
सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव

दैनिक समाचारदाता
राजबिराज, १५ कात्तिक ।
राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादबले सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा सुबिधा सम्पन्न स्टेडियम बनाउने प्रतिबद्धता जनाएका छन् । शनिवार राजबिराजमा आयोजित सप्तरी क्रिकेट संघको प्रथम वार्षिक साधारण सभामा बोल्दै उनले सो प्रतिबद्धता जनाएका हुन् । उनले स्टेडियमका लागि केन्द्र र प्रदेश सरकारलाई प्रोपोजल गरिसकेकोले चाडै प्रस्ताव पास हुने बताए ।
सो अवसरमा पुर्व अन्तराष्ट्रिय क्रिकेटर दिपेन्द्र चौधरीले क्रिकेट क्षेत्रलाई ब्यवसायतर्फ उन्मुख गराउनु आबश्यक रहेको बताउदै क्रिकेट खेलाडीको उत्पादन सँगै खेलाडीलाई बिकाउनु पर्नेमा जोड दिए । सप्तरीबाट प्रतिनिधित्व गर्दै नेपाली क्रिकेट टोलीमा लामो समयसम्म खेल्दै आएका चौधरीले भने क्रिकेटका लागि दिनमा तीन घण्टा समय दिए राम्रो खेलाडी उत्पादन हुनेमा जोड दिए ।
पत्रकार महासंघ सप्तरीको सभाहलमा सम्पन्न साधारण सभामा संघका सचिव चन्दन यादवले बार्षिक प्रतिवेदन पेश गर्दै गत बर्ष संचालित प्रतियोगिता तथा प्राप्त उपलब्धी बारे जानकारी गराएका थिए । सचिव यादवद्धारा पेश गरिएको प्रतिवेदनमा संघले गत बर्ष कोरोना महामारी पुर्व संचालन गरेको गतिविधीहरु बारे बिस्तृत रुपमा जानकारी गराईएको थियो ।
सचिव यादवले पेश गरेको प्रतिवेदनमा यस बर्ष सरकारले खेलकुद गतिविधी संचालन गर्न दिए पुर्ण सावधानी अपनाई मेयर कप सप्तरी प्रिमियर लिग सिजन ३, सप्तरी महिला प्रिमियर लिग सिजन २, अम्पाएर कप जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता, अम्पाएर स्कोरर तालिम लगायतका गतिबिधी संचालन गर्ने रहेको छ ।
उक्त गतिविधी संचालनका लागि करिव ४२ लाख ६० हजार को अनुमानित बजेट खर्च हुने जनाईएको छ । सामाजिक दुरी कायम राख्दै संचालन गरिएको उक्त कार्यक्रममा साधारण सदस्य बाहेककालाई उपस्थिती गराइएको थिएन ।
कार्यक्रममा संघका कोषाध्यक्ष तुलानाथ माझीद्वारा लेखा प्रतिवेदन अन्र्तगत गत बर्ष ३१ लाख १८ हजार २ सय १८ रुपैयाको बिवरण पेश गरिएको थियो । जस अन्र्तगत सप्तरी प्रिमियर लिग सिजन २ संचालनका लागि २० लाख १३ हजार ६ सय १ रुपैया खर्च भएको थियो भने सप्तरी महिला प्रिमियर लिग संचालनको लागि ९ लाख ८९ हजार ५० रुपैया खर्च भएको थियो ।
संघले आफना नियमित खेलाडी तथा पदाधिकारीहरुको कोभिड बिमा गराउनुको साथै अन्य खर्चको बिवरण समेत पेश गरिएको थियो । कार्यक्रममा गत बर्ष संचालित मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिता अन्र्तगत उत्कृष्ट प्रर्दशन गरेका रुपनी रायर्डसका अनुज यादवलाई पुर्व क्रिकेटर दिपेन्द्र चौधरीले प्रायोजन गरेको क्रिकेट ब्याट प्रदान गरिएको थियो ।
राजबिराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यतामा तथा सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो ।
कार्यक्रममा मैथिली साहित्य परिषद सप्तरीका अध्यक्ष सतिश कुमार दत्त तथा योङ्ग ११ बरहि बिरपुरका अध्यक्ष रवी रायले आ–आफ्ना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सप्तरी क्रिकेट संघका उपाध्यक्ष धमेन्द्र चौधरीले राखेका थिए भने कार्यक्रमको संचालन संघका सचिव चन्दन यादवले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/07 झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
- 2082/02/07 फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट गरेको आरोपमा नन्द मरियम पक्राउ
- 2082/02/07 शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
- 2082/02/07 अनुगमन टोली आएपछी सुनचाँदी पसल एकाएक बन्द गरि पसलेहरु भागाभाग
- 2082/02/07 पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागी आमसञ्चार प्राधिकरणद्वारा सुझाव संकलन
- 2082/02/06 फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
- 2082/02/04 दुई किशोर वेपत्ता
- 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
- 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ