News Category 2077/07/18
नेकपा सत्तामा पुगेपछि जनताको मुद्दा कोशीमा विसर्जन ग¥यो ः प्रदेश मन्त्री सोनल
दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक ।
प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले नेकपा सत्तामा पुगेपछि जनताको मुद्दा कोशीमा विसर्जन गरेको आरोप लगाए छन् ।
सप्तरीमा निर्माण भइरहेको विभिन्न विकास निर्माणका आयोजनाहरुको अनुगमन गर्ने क्रममा मन्त्री सोनलले माओवादीद्वारा उठाइएको जातीय मुक्तिको कुरा पनि सत्तामा पुगेपछि विसर्जन भएको आरोप लगाए ।
नेपाली कांग्रेस र नेकपा दुबै पार्टीबाट जनताको समस्या समाधान नहुने भएकोले मुक्तिका लागि जनता समाजवादी पार्टी उपयुक्त रहेको मन्त्री सोनलको दाबी छ ।
उनले नेकपाको आन्तरिक विवादका कारण देश अनिर्णयको बन्दी बन्दै गएको आरोप लगाउँदै अब आफ्नो लडाई आफै लड्नु पर्ने बताए ।
संघीय सरकारको असहयोगका कारण प्रदेश २ सरकारले पनि जनताको अपेक्षा बमोजिम धेरै काम गर्न नसकेको स्वीकार गर्दै मन्त्री सोनलले संघीय सरकारले बजेट र कर्मचारीमा समेत असहयोग गरेको आरोप लगाए ।
सोही क्रममा सप्तरी जिल्लाको कंचनरुप नगरपालिकामा रहेको थारु संग्राहलय विकासका लागि मन्त्री सोनलको ध्यानाकषर्ण गराइएको छ । सप्तरीका थारु अगुवाहरुले संग्राहलयको विकास गर्न आवश्यक रहेकोले पूर्वाधार निर्माणमा सहयोग गर्न ज्ञापन पत्र बुझाएका छन् ।
सो अवसरमा राष्ट्रिय सभा सदस्य तथा जसपाका केन्द्रिय सदस्य मृगेन्द्र कुमार सिंह यादव, जसपा केन्द्रिय सदस्य राजकुमार लेखी, जिसस प्रमुख तथा जसपा नेपालका केन्द्रिय सदस्य प्रभाकर यादब, केन्द्रिय सदस्य गजेन्द्र कुमार मण्डल लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ