News Category 2077/07/18
सप्तरीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु
दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक ।
सप्तरी थप दुईजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार जिल्लाको हनुमाननगर कंकालीनी नगरपालिका ३ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी शिक्षण पेशामा थिए ।
मोरङ्ग जिल्लामा शिक्षण पेशामा कार्यरत उनी लामो समयदेखि मदुमेह र रक्तचापबाट पीडित थिए । उनलाई ज्वरो तथा टाउको दुखेपछि विराटनगरस्थित बिराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । सो क्रममा कोरोना परिक्षण गराउदा उनको रिपोर्ट पोजेटिभ आएपछि सोही अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मंगलबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिए ।
यस्तै धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रेडियोग्राफर सप्तरी निवासी ३० वर्षीय पुरुषको समेत कोरोना संक्रमणबाट सोमबार राती मृत्यु भएको छ ।
जिल्लाको महादेवा गाउँपालिका वडा नं. ६ निवासी उक्त पुरुषको सोमबार साँझ मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।
बी.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा कार्यरत रहेको उनलाई स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै आकस्मिक कक्षमा भर्नासँगै कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
सोही अस्पतालको कोभिड कक्षमा थप उपचारको लागि व्यवस्था गर्दै गर्दा उनको मृत्यु भएको हो जनाइएको छ । मृतक दुबैको सरकारले तोकेको मापदण्ड अनुसार शव व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ