News Category 2077/07/18
बालक मृत्यु प्रकरणमा गजेन्द्र नारायण सिंह अस्पतालका एक नर्स कारवाहीमा
दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजले बालकको मृत्यु भएको प्रसङ्गमा एक नर्सिङ्ग स्टाफलाई कारवाही गरेको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रंजित कुमार झाद्वारा मंगलबार जारि विज्ञप्तिमा अस्पतालमा कार्यरत नर्सिङ्ग स्टाफ संगिता रजकलाई कारवाही गरेको जनाइएको छ ।
मेसु झाको अध्यक्षता सोमवार सम्पन्न बैठकले स्टाफ रजकले अस्पतालमा बिरामीको शरिरको तापक्रम आफै मापन नगरेर बिरामीका कुरूवालाई तापक्रम लिन लगाएको तथा डियुटीमा स्टेशनमा नरहेको हुनाले १५ दिनका लागि निलम्बन गरेको जनाइएको छ ।
यता कारवाहीका लागि राजबिराज वडा नं. ५ निवासी पंकज कुमार सरकारको श्रीमति मौसमी सरकार गर्भवति भएको वेला डियुटीमा रहेका नर्सिङ्ग स्टाफको लापरवाहीका कारण बच्चालाई धरान लान बाध्य भएकोले अस्पतामा निवेदन दर्ता गराएको बमोजिम रजकलाई कारवाही गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा मेसु डा. झाले गाईनो बिभागले प्रत्येक शल्यक्रिया गर्ने बेला स्त्रीरोग बिशेषज्ञ सल्लाह लिने, बच्चा जन्मेपछि डिस्चार्ज गर्नु अगाडी डाक्टरलाई सम्पर्क गरेर मात्र डिस्चार्ज गर्ने तथा डियुटीको समयमा बिरामीका कुरूवालाई झर्केर जवाफ नदिने, भाईटलस आफै लिने, चिकित्सकलाई समयमा जानकारी गराई राउन्ड लिनको लागि आग्रह गर्ने, आफ्नो डियुटी स्टेशनमा बस्ने तथा कर्मचारीले पालन गर्नुपर्ने आचरण अनिवार्य रूपमा पालना गर्ने सम्पुर्ण अस्पतालका कर्मचारीलाई निर्देशन दिएका छन् ।
सोही बैठकले भविष्यमा यस्ता किसिमको गल्ति दोहोरिएको खण्डमा करार सेवा रद्द गर्ने निर्णय समेत गरिएको जनाइएको छ ।
गत असोज २९ गते राजविराज नगरपालिका वडा नं. ५ निवासी पंकज सरकारकी श्रीमती मौसमी सरकार गर्भवति भई सोही अस्पतालमा भर्ना भएकी थिइन् । त्यसको भोलिपल्ट असोज ३० गते उनको शल्यक्रिया गरि बच्चा जन्मे पश्चात् अस्पतालका कर्मचारीको लापरवाहीका कारण बच्चाको मृत्यु भएको भन्दै पीडित पक्षले कात्तिक ५ गते दोषिमाथी कारवाहीको माँग गर्दै अस्पतालमा निवेदन दर्ता गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ