News Category 2077/07/22
आइडियलले लकडाउनको अवधीमा ३ करोड बढी नाफा कमाउन सफल
दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक ।
आइडियल सहकारी संस्था लिमिटेड राजविराजको शनिबार २१ औं साधारण सभा सम्पन्न भएको छ ।
सम्पन्न सभाले पुनः गणेश कुमार आशको नेतृत्वमा नव संचालक समिति चयन गरेको छ । सो समितिको उपाध्यक्षमा बिजयानन्द झा, सचिवमा शैलेशकुमार चौधरी, कोषाध्यक्षमा मंजु देवी साह सर्वसम्मतले चयन भएका छन् । त्यस्तै सदस्यहरुमा हरिराम जोशी, सुरज सिंह र कौशल्या कुमारी रजक चयन भएका छन् ।
यसैगरि लेखा समितिको संयोजकमा दिनेश साह कसेरा तथा सदस्यहरुमा डम्बर महतो र सुदामा सिंह रहेका छन् ।
यसअघि सम्पन्न सभाको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष गणेश कुमार आशले अध्यक्षीय प्रतिवेदन पेश गर्दै संस्थाले कोरोना महामारीको बाबजुद बैकिङ कारोबारलाई निरन्तरता दिएको जानकारी दिए । उनले महामारीलाई ध्यानमा राख्दै सुरक्षित तरिकाले सेवा प्रवाह गरेको बताए ।
सोही प्रतिवेदनमा सरकारले महामारीलाई मध्यनजर गर्दै गरेको लकडाउनको अवधी चैतदेखी असार मसान्तसम्ममा संस्थाले ३ करोड २० लाख ५१ हजार ६ सय ४९ रुँपैया ७३ पैसा मुनाफा हासिल गरेको उल्लेख छ ।
त्यस्तै आ.ब. २०७६÷७७ मा संस्थाको शेयर पुँजीमा १ करोड थप भई ६ करोड ५ लाख १५ हजार २ सय पुगेको तथा कुल बचत ७० करोड ८५ लाख ९९ हजार ऋण लगानी गरि ६६ करोड ८६ लाख २६ हजार २ सय ९९ रुँपैया ३१ पैसा ऋण असुली गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा संस्थाले हाल ग्राहकहरुलाई स्मार्ट एपबाट दिइरहेको सेवाको रुपमा मिस्ड कल बैकिङ सेवा, इन्टरनेट बैकिङ सेवा, जुनसुकै बैंक खातामा रकम ट्रान्सफर गर्ने सुविधा, ई–सेवा वाइलेटमा लोड, एटिएम कार्डबाट भारतमा पनि रकम झिक्न पाउने व्यवस्था समेत गरेको जनाइएको छ । हाल संस्थाले राजविराजलगायत जिल्लाको पातो र हनुमाननगरबाट पनि सेवा प्रवाह गरिरहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ