News Category 2077/07/22
आइडियलले लकडाउनको अवधीमा ३ करोड बढी नाफा कमाउन सफल
दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक ।
आइडियल सहकारी संस्था लिमिटेड राजविराजको शनिबार २१ औं साधारण सभा सम्पन्न भएको छ ।
सम्पन्न सभाले पुनः गणेश कुमार आशको नेतृत्वमा नव संचालक समिति चयन गरेको छ । सो समितिको उपाध्यक्षमा बिजयानन्द झा, सचिवमा शैलेशकुमार चौधरी, कोषाध्यक्षमा मंजु देवी साह सर्वसम्मतले चयन भएका छन् । त्यस्तै सदस्यहरुमा हरिराम जोशी, सुरज सिंह र कौशल्या कुमारी रजक चयन भएका छन् ।
यसैगरि लेखा समितिको संयोजकमा दिनेश साह कसेरा तथा सदस्यहरुमा डम्बर महतो र सुदामा सिंह रहेका छन् ।
यसअघि सम्पन्न सभाको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष गणेश कुमार आशले अध्यक्षीय प्रतिवेदन पेश गर्दै संस्थाले कोरोना महामारीको बाबजुद बैकिङ कारोबारलाई निरन्तरता दिएको जानकारी दिए । उनले महामारीलाई ध्यानमा राख्दै सुरक्षित तरिकाले सेवा प्रवाह गरेको बताए ।
सोही प्रतिवेदनमा सरकारले महामारीलाई मध्यनजर गर्दै गरेको लकडाउनको अवधी चैतदेखी असार मसान्तसम्ममा संस्थाले ३ करोड २० लाख ५१ हजार ६ सय ४९ रुँपैया ७३ पैसा मुनाफा हासिल गरेको उल्लेख छ ।
त्यस्तै आ.ब. २०७६÷७७ मा संस्थाको शेयर पुँजीमा १ करोड थप भई ६ करोड ५ लाख १५ हजार २ सय पुगेको तथा कुल बचत ७० करोड ८५ लाख ९९ हजार ऋण लगानी गरि ६६ करोड ८६ लाख २६ हजार २ सय ९९ रुँपैया ३१ पैसा ऋण असुली गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा संस्थाले हाल ग्राहकहरुलाई स्मार्ट एपबाट दिइरहेको सेवाको रुपमा मिस्ड कल बैकिङ सेवा, इन्टरनेट बैकिङ सेवा, जुनसुकै बैंक खातामा रकम ट्रान्सफर गर्ने सुविधा, ई–सेवा वाइलेटमा लोड, एटिएम कार्डबाट भारतमा पनि रकम झिक्न पाउने व्यवस्था समेत गरेको जनाइएको छ । हाल संस्थाले राजविराजलगायत जिल्लाको पातो र हनुमाननगरबाट पनि सेवा प्रवाह गरिरहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ