News Category 2077/07/25
एक महिनामा ११ जना लागु औषध कारोबारी र सेवनकर्ता पक्राउ
दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक ।
सप्तरी प्रहरीले दुई जना लागु औषध कारोबारीलाई लागुऔषध र नगदसहित पक्राउ गरेको छ । जिल्ला प्रहरीले लागु औषध नियन्त्रण अभियान थालेको एक महिनाको अवधीमा ११ जना लागु औषध कारोबारी र सेवनकर्ता पक्राउ गरेको छ ।
यता आइतबार साँझ पक्राउ पर्नेहरुमा जिल्लाको सप्तकोशी नगरपालिका वडा नं. २ फत्तेपुर निवासी ३५ वर्षिय ब्रिटिस थापा मगर र वडा नं. १ निवासी ३० वर्षिय भुमिराज थापा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सहायक प्रहरी निरिक्षक रामनजी यादवको कमाण्डमा खटेको टोलीले हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ राम्पुरामल्हनिया बेरिया घाटस्थित स.८प. ९०९५ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल पछाडी सवार थापाले बोकेको झोलाबाट प्रतिबन्धित लागुऔषध बरामद गरेको जनाएको छ ।
उनीहरुको खानतलासी गर्दा प्रतिबन्धीत लागु औषध डाईजिल्याब ५० एम्पुल, फेनारगन ५० एम्पुल, लुपिजेसिक ५० एम्पुलसहित नगद ७० हजार समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक भुवनेश्वर साहले जानकारी दिएका छन् ।
उनीहरु भारतीय बजारबाट प्रतिबन्धित लागु औषध खरिद गरि ल्याउने र नेपालको विभिन्न सहरमा लुकिछिपी बिक्रि बितरण गर्दै आएको अनुसन्धानको क्रममा खुलेको उनको भनाई छ । थापाद्वयलाई सोमबार सप्तरी जिल्लन अदालतबाट म्याद थप गराई लागु औषध ऐन अन्तरगत आवश्यक कारवाही प्रकृया अघि बढाइएको उनले बताए ।
यता एक महिनाको अवधीमा पक्राउ परेकाहरुबाट २ हजार २० पिस नाइट्रोजन ट्याब्लेट, ६७ सि डाइजील्याब, १ सय ४४ पिस स्पास्मोप्रोभेल ट्याब्लेट, ५० एम्पुल लुपिजेसिक, ६४ बोतल कोरेक्स, ५० एम्पुल फेनारगन र ५० ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ