News Category 2077/07/25
जनप्रतिनिधि भन्छन् “जनप्रतिनिधि नै भ्रष्टाचारी”
दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका यूवाहरुको एक समूहले गाउँपालिकाको समग्र विकास तथा नमूना गाउँपालिकाको परिकल्पना गर्दै अभियान संचालन गरेका छन् ।
सामाजिक रुपान्तरणमा यूवाहरुको अभियान नामले यूवाहरुले संचालन गरिएको अभियान अन्तरगत सोमबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् ।
सो अन्तरक्रियामा बोल्दै जनप्रतिनिधीहरुले नै गाउँपालिकामा ब्यापक भ्रष्टचार भएको आरोप लगाए । गाउँपालिका वडा नं. ३ का अध्यक्ष दिपेन्द्र यादवले गाउँपालिकाको काम गर्ने शैलीबाट आफै असन्तुष्ट भएको जनाउँदै आफू पनि पीडित भएको बताए ।
उनले गत आ.ब.को तीन महिनाको अवधीमा गाउँपालिकाले हचुवाको भरमा २० करोड रकम खर्च गरेको बताए । उनले सो रकम मात्र १९ दिनमा खर्चेको आरोप लगाए ।
त्यस्तै जसपाका स्थानिय यूवा नेता विद्यानन्द चौधरीले गाउँपालिकामा ६ सय ५३ अतिविपन्न परिवार राती सुत्दा बिहान घरको छानो रहने वा नरहने बारे चिन्तित रहेको बारे जानकारी दिए । उनले कतिपय परिवारमा बेरोजगारीको समस्या यथावत नै रहेको बताए । गाउँपालिकाको नाम छिन्नमस्ता शक्तिपीठको नाममा रहदा पनि बजारको अवस्था भने झनै खस्किदो रहेको उनले गुनासो पोखे ।
यस्तै अन्य वक्ताहरुले पनि जनप्रतिनिधिहरुकै कारण कुनै पनि कर्मचारी टिक्नै नसक्ने अवस्थाका करण हालसम्म गाउँ सभा हुन नसकेको आरोप लगाए । उनीहरुले जनप्रतिनिधिहरु भ्रष्टाचारमा लिप्त रहेकोले गाउँपालिकाको विकास हुन नसकेको आरोप लगाए ।
अभियानका संयोजक कृष्णकुमार मण्डलको अध्यक्षतामा तथा नेकपाका नेता एवं पूर्व सिचाई मन्त्रि उमेश यादवको प्रमुख आतिथ्य र प्रदेशसभा सदस्य नेत्रविक्रम साहको विशिष्ट आतिथ्यमा आयोजित कार्यक्रममा जसपा नेता दिनेश यादव, सत्यनारायण यादव, केदार यादव, नेकपाका जयप्रकाश यादव, संचारकर्मी धिरेन्द्र प्रसाद साह, स्थानियवासी, बुद्धिजिवि, विभिन्न वडाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ