News Category 2077/07/28
ठूलो परिमाणको पटाका बरामदपछि नष्ट
दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
तिहार अन्तरगत लक्ष्मी पूजा एवं दिपावलीको पूर्वसन्ध्यामा सप्तरी प्रहरीले ठूलो परिमाणको पटाकाहरु बरामद गरि नष्ट गरेको छ ।
भारतसँग जोडिएको जिल्लाको विभिन्न नाकाहरुबाट चोरीलुकी भित्राउँदै गरिएको तीन लाख बढी मुल्य बराबरको पटाकाहरु बरामद गरि नष्ट गरेको हो ।
चाडपर्वमा सीमापारीबाट भित्रिने पटाका र त्यसबाट जनधनमा पुग्ने क्षति रोक्न सिमा क्षेत्रमा निगरानी बढाएपछि ठूलो परिमाणमा प्रहरीले विभिन्न किसिमका पटाका बरामद गरी नष्ट गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रहरी कार्यालय हाताभित्र खाल्डो खनी बरामद पटाकाहरु नष्ट गरेको छ ।
सप्तरी प्रहरीका सूचना अधिकारी एवं डिएसपी भुवनेश्वर प्रसाद साहका अनुसार चेकजाँचका क्रममा भारतीय सिमासँग जोडिएको सप्तरीको बोदेबर्साइन नगरपालिका, राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका र छिन्नमस्ता गाउँपालिका लगायतका नाका क्षेत्रमा विभिन्न व्यक्तिबाट ठूलो परिमाणमा जफत गरिएका नागिन पटाका, आलु बम, सप्तरंगी पटाका, रकेट बम, चकलेट बम, मिनि बुलेट लगायतका ३ लाख ३२ हजार ७ सय ५० रुपैया बराबरको पटाका नष्ट गरिएको हो ।

यता सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाले कोरोना महामारीका बेला घरमै बसेर चाडपर्व मनाउन आग्रह गर्दै राज्यले प्रतिबन्ध गरेको पटाकाका कारण परिवार र समाजमा पुग्न सक्ने क्षतिबारे सबैलाई जागृत गराउन प्रहरीले पर्चा, पम्पलेट र म्याकिङ्ग मार्फत सचेतना समेत फैलाउन सुरु गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ