News Category 2077/08/09
सीमानाका अबिलम्ब खुलाउन प्रदेश मन्त्री साहको सरकारसँग माग
दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले कोरोना महामारीका कारण गत चैत १० गतेदेखी बन्द रहेको नेपाल भारत सीमानाका अबिलम्ब खुलाउन माग गरेका छन् ।
समाजसेवी डिभिजनल इन्जिनियर मिश्रीलाल तथा लाखोदेवी साहको ११ स्मृति समारोहमा बोल्दै उनले सो माग गरेका हुन् । उनले वारिपारीको पारिवारिक सम्बन्ध, सामाजिकिकरण, समेत बन्द भएकोले अविलम्ब सीमानाका खुलाउन संघीय सरकारसँग माग गरे ।
सरकार मधेशी जनताप्रति सम्बेदनशील नभएका कारण अहिलेसम्म सीमानाका खोल्न नचाहेको उनले आरोप बताए । मन्त्री साहले तराई मधेशका निकट छिमेकी भारतसँग खुल्ला आवतजावत बन्द भएका कारण तस्करी, महँगी बढेको बताए ।
साह सेवा सदनका अध्यक्ष दुर्गाप्रसाद साहको अध्यक्षतामा आयोजित समारोहमा प्रदेश २ का सभा सदस्य नेत्रबिक्रम साह, स्वर्गीय दम्पतिका जेष्ठ सुपुत्र रामसुन्दर साह, माहिल सुपुत्र बीरेन्द्र साह, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्रप्रसाद साह, तेली कल्याण समाज सप्तरीका अध्यक्ष रामचन्द् साह, केन्द्रिय सदस्य उम्मदेश्वरप्रसाद साह, शिक्षक तथा कर्मचारी मिलन केन्द्रका अध्यक्ष धर्मदेव साह, साह युवा समितिका अध्यक्ष रामअधिन साह, महिला संघका अध्यक्ष प्रमिला साह, हिन्दु परिषदका जिल्ला अध्यक्ष रामकिशुन साह लगायतले समाजसेवी दम्पतिले काठमाण्डौ स्थित धर्मशाला निर्माण, राजविराजस्थित साह सेवा सदन निर्माण, अन्य मठ मन्दिर, गरिव परिवारको विवाह, सामाजिक लगायतका कार्यहरुमा व्यापक योगदान रहेको चर्चा गरे ।
सोही कार्यक्रममा दम्पतिको स्मृति दिवसको अवसरमा जिल्लाको बलान बिहुल गाउँपालिका वडा नं. ३ शोसिलकुमार साह (अशक्त पूर्ण अपाङ्गता) लाई ६ हजार पाँच सय नगद, सम्मानपत्रले सम्मान गरिएको छ । बि.स. २०६६ मंसिर ९ गते बाराको गढीमाई मेला भर्न जाने क्रममा सवारी दुर्घटनामा परी साह दम्पतिको निधन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ